शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब सांसद यादवले रोष्टममा बोल्दै प्रधानमन्त्रीका लागि ललिपप निकाले...

मङ्गलबार, २९ माघ २०७५, १८ : ०९
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्टममा बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ निकालेर देखाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसद यादवले ललिपप देखाएका हुन् । 

उनले संघीयता कार्यान्वयन नगर्नका लागि उक्त विधेयक ल्याएको भन्दै प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुको कुरा नसुनेको गुनासो गरे ।  उनले भने– ‘मलाई अचम्म लाग्छ, आफुले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ । यो देशमा संघीयता आयो के को लागि आयो ? के संघीयतालाई खत्तम गर्न आयो ? यो जुन खेल भइरहेको छ, यो खेललाई समाप्त गर्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई बोलाएर ललिपप दिने गरेको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीको ललिपप खाने हामी बच्चा हैनौ भन्दै प्रधानमन्त्रीले दिएको ललिपप फिर्ता गर्न पठाएको बताउँदै ललिपप निकालेर देखाए । 

उनले मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएको ललिपप सभामुखमार्फत दिने र त्यो ललिपप आफै खान आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप