जब सांसद यादवले रोष्टममा बोल्दै प्रधानमन्त्रीका लागि ललिपप निकाले...
काठमाडौं– संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्टममा बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ निकालेर देखाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसद यादवले ललिपप देखाएका हुन् ।
उनले संघीयता कार्यान्वयन नगर्नका लागि उक्त विधेयक ल्याएको भन्दै प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुको कुरा नसुनेको गुनासो गरे । उनले भने– ‘मलाई अचम्म लाग्छ, आफुले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ । यो देशमा संघीयता आयो के को लागि आयो ? के संघीयतालाई खत्तम गर्न आयो ? यो जुन खेल भइरहेको छ, यो खेललाई समाप्त गर्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई बोलाएर ललिपप दिने गरेको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीको ललिपप खाने हामी बच्चा हैनौ भन्दै प्रधानमन्त्रीले दिएको ललिपप फिर्ता गर्न पठाएको बताउँदै ललिपप निकालेर देखाए ।
उनले मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएको ललिपप सभामुखमार्फत दिने र त्यो ललिपप आफै खान आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा स्वास्थ्य सहायता र मानवीय सहयोग पठाउने अमेरिकाको घोषणा
-
भेनेजुएलाको अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत
-
कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुमबासी भन्छन्– हामीलाई बस्ने बास चाहियो
-
हिउँदको सङ्कट टार्न बिहारसँग विद्युत् साटफेर गर्ने प्राधिकरणको प्रस्ताव, तर भारतीय निर्देशिका बाधक
-
तलब भत्तामा विभेद गरेको भन्दै विद्यालय कर्मचारीले गराए ध्यानाकर्षण
-
मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण