जब सांसद यादवले रोष्टममा बोल्दै प्रधानमन्त्रीका लागि ललिपप निकाले...
काठमाडौं– संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्टममा बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ निकालेर देखाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसद यादवले ललिपप देखाएका हुन् ।
उनले संघीयता कार्यान्वयन नगर्नका लागि उक्त विधेयक ल्याएको भन्दै प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुको कुरा नसुनेको गुनासो गरे । उनले भने– ‘मलाई अचम्म लाग्छ, आफुले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ । यो देशमा संघीयता आयो के को लागि आयो ? के संघीयतालाई खत्तम गर्न आयो ? यो जुन खेल भइरहेको छ, यो खेललाई समाप्त गर्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई बोलाएर ललिपप दिने गरेको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीको ललिपप खाने हामी बच्चा हैनौ भन्दै प्रधानमन्त्रीले दिएको ललिपप फिर्ता गर्न पठाएको बताउँदै ललिपप निकालेर देखाए ।
उनले मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएको ललिपप सभामुखमार्फत दिने र त्यो ललिपप आफै खान आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली
-
अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक
-
संगीतकार सङ्घको अध्यक्षमा लामा
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप
-
राज कटुवाललाई भेटेपछि किन रोए युवती ?