शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रियलका लिजेन्ड क्यासियासको पार्टोमा पुनर्जन्म

मङ्गलबार, २९ माघ २०७५, १७ : ४३
मङ्गलबार, २९ माघ २०७५

सन् २०१५ मा जब ३४ वर्षीय इकर कासियासले भावविह्वल हुँदै रियल म्याड्रिड छाड्दै थिए, धेरैले सोचेका थिए – ‘अब हामीले फेरि विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एकको उत्कृष्ट खेल हेर्न पाउने छैनौ ।’

गत सिजनको मध्यतिर जब उनले पोर्टोमा पनि ‘नम्बर १’ गोलकिपरको स्थान गुमाएपछि स्पेनिस खेलाडीको करियर अब अन्त्य भयो भन्न ठान्नेहरु धेरै थिए ।

तर, अहिले ३७ वर्षीय खेलाडीले ‘पुनर्जन्म’ लिँदै फेरि पोर्चुगिज क्लबको नम्बर एक गोलकिपर बनेका छन् ।

गत सिजन भने प्रिमिएरा लिगाको ८ खेलपछि नै कासियास दोस्रो रोजाईंमा झरेका थिए ।

‘दुई हप्ताको प्रशिक्षणमा इकरले मैले माग गरे अनुसारको उत्साह देखाउन सकेनन्,’ प्रशिक्षक सर्जियो कोन्सिसाओले मिडियासँग कुराकानी गर्दै भनेका थिए ।

२० खेलका लागि विश्वकप विजेता खेलाडी शुरुवाती ११ मा नै पर्न सकेनन् ।

कासियासका लागि भने यो सामान्य थियो । किनभने ‘लिजेन्ड’ को स्थान बनाएको क्लबमा नै तत्कालिन म्यानेजर होजे मोरिन्होले उनको सार्वजनिक रुपमा आलोचना गरेका थिए भने फ्लोरेन्टिनो पेरेजले उनलाई क्लबबाट बाहिर निकालेका थिए । यस कदमको बार्सिलोनाका पूर्व खेलाडी ह्याभी हर्नान्डेजले समेत अलोचना गरेका थिए ।

मोरिन्हो र कासियासबीचको तिक्ततापूर्ण सम्बन्धको विवरणहरु अहिले पनि बाहिर आइरहेका छन् ।

मोरिन्होले एक अन्तर्वार्तामा कासियास ‘करियरको अन्त्यतिर भएको खेलाडी’ को संज्ञा दिएका थिए ।

सायद अहिले पनि मोरिन्हो फुटबलका महान् गोलकिपरमध्ये एक कासियासको करियर चाँडै अन्त्य होस् भन्ने चाहन्छन् ।

तर, कासियास भने सजिलै हार मान्न तयार छैनन् ।

सन् २००६–०७ सिजनमा रियल म्याड्रिडमा गोलकिपङ प्रशिक्षक रहेका फ्रान्को टानक्रेडी भन्छन्, ‘स्थिति राम्रो नभएको बेला त्यसको सामना गर्ने उनी पहिलो खेलाडी हुन्छन् । अहिले उनी उत्कृष्ट रुपमा प्रशिक्षण गरिरहेका छन् र आफूलाई कुनै कमजोरी नभएको खेलाडीको रुपमा उभ्याएका छन् । उनी धेरै बोल्दैनन् बरु आफ्नो कर्मले देखाउँछन् ।

गत सिजनको अन्त्यतिर कासियास पुनः पोर्टोको नम्बर वान गोलकपिर बने भने क्लबलाई सन् २०१३ पछि पहिलो पटक लिग जिताउन महत्वपूर्ण भूमिका खेले । त्यसअघि बेनफिकाले लगातार चार सिजन उपाधि जितेको थियो ।

लिग विजेतका लागि २० खेल खेल्दै उनले १२ वटा क्लिन सिट राखेका थिए ।

च्याम्पियन्स लिगमा उनले पोर्टोलाई समूहको शीर्ष स्थानमा राखेका थिए ।

यस क्रममा उनले लोकोमोटिभ मस्कोका म्यानुअल फर्नान्डेजको पेनाल्टी रोक्दै प्रतियोगितामा सर्वाधिक पेनाल्टी रोक्ने किर्तिमान बनाए ।

युरोपको सर्वाधिक चर्चित प्रतियोगितामा उनी १०० खेल जित्ने क्रिस्टियानो रोनाल्डोसँगै मात्र दोस्रो खेलाडी हुन् ।

उनले २० वर्षअघि मात्र १८ वर्षको उमेरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए ।

‘मेरो उद्देश्य भनेको उपाधि जित्नु हो र पोर्टोलाई युरोप र पोर्चुगलमा महत्वपूर्ण क्लबको स्थान दिलाइराख्नु हो,’ कासियासले एस्पोर्टे इन्टरेटिभोसँग कुराकानी गर्दै भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप