बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

मङ्गलबार, २९ माघ २०७५, १६ : ४२
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी बुहारीको निधन भएको छ ।  क्यान्सर पीडित बुहारी मनिषा यादवको आज भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । 

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।

काठमाडौंमा उनलाई घरमै राखिएको थियो । विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

विराटनगर–१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा उनको विवाह धुमधामका साथ भएको थियो ।  उनीहरुको दुई वर्षकी छोरी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप