बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वित्तिय विश्लेषण गर्ने संस्था इन्भेष्टमेन्ट प्रोफेसनलको उदय

मङ्गलबार, २९ माघ २०७५, १६ : २२
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– नेपालमा समग्र वित्तिय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ । समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यवसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले खोलिएको यस संस्थाको आगामी शुक्रवार (फागुन ३) औपचारिक उद्घाटन हुँदैछ ।

औपचारिक उद्घाटनमा नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डको अध्यक्ष, बिमा क्षेत्रका व्यक्ति सिएफए इन्स्टिच्युटको तर्फबाट निकपोलार्ड लगायत तीनजना विदेशीको उपस्थिति हुनेछ । व्यवसायिक तवरबाट आर्थिक समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने संस्थाको मुख्य आसय हो ।

संस्थाका अध्यक्ष डा.मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले सघाउने बताए । हाल यस संस्थामा १२ जना सदस्य छन् । अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारमा सघाउने गरी आफ्ना कार्यहरु अघि बढाउने अध्यक्ष शाहीले बताए ।

गत बर्षको अप्रिलमा दर्ता भएको यो गैरनाफामुलक संस्था हो । संस्थामा चारवटा कमिटी रहेका छन् । पहिलो एडभोकेसी कमिटी हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ भने दोेस्रो युनिभर्सिटी आउटरिच हो, जसले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउनेछ ।

तेस्रो मेम्बर भ्यालु हो, जसले सदस्यमा व्यावसायिक नैतिक आचरणको विकास गर्दै बजार विकासमा अग्रणी संस्थाको रुपमा सघाउँनेछ । यसले करियर काउन्सिलिङ र रोजगारदातामा ब्यावसायीक महत्वको जानकारी अभिबृद्धि पनि गराउनेछ । 
अन्तिम कमिटी  सञ्चालन तथा बजेट हो जसले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउँनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप