बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा शारी

मङ्गलबार, २९ माघ २०७५, १५ : ५२
मङ्गलबार, २९ माघ २०७५

चेल्सीमा माउरिजियो शारीको भविष्य संकटमा परेको छ ।

पछिल्लो समय क्लबले निरन्तर खराब नतिजा निकाल्न थालेपछि खेलाडीहरुले नै शारीको फुटबल सिद्धान्तबाट टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकिरहेको चिन्ता व्यक्त गरेका छन् ।

यो सिजन क्लबको मुख्य लक्ष्य भनेको अर्को सिजनको च्याम्पियन्स लिग फुटबलमा स्थान सुरक्षित गर्नु हो । तर, म्यान्चेस्टर सिटीसँग बोहेरोको ६–० को लज्जास्पद हारपछि क्लब प्रिमियर लिगमा छैटौँ स्थानमा खस्किएको छ ।

क्लबसँग च्याम्पियन्स लिगमा पुग्ने अर्को बाटो पनि छ, युरोपा लिग जितेर । अर्को चरणमा पुग्नका लागि चेल्सीले तुलनात्मकरुपमा कमजोर माल्मोसँग प्रतिस्पर्धा गर्दैछ । त्यही भएर चेल्सी अर्को चरणमा सजिलै पुग्ने धेरैको अनुमान छ ।

क्लबमा तीव्र गतिको, पोजेसनमा आधारित फर्काएपछि इटालियन म्यानेजरलाई चेल्सीमा खुलेर स्वागत गरिएको थियो ।

तर, अहिले चेल्सीका खेलाडीहरु उनको कठोर र स्वचालित प्रशिक्षण विधीबाट अनसन्तुष्ट रहेका छन् । त्यस्तै मैदानमा खेलाडीहरुले पाउने स्वतन्त्रतामा बन्धेजबाट पनि खेलाडीहरु असन्तुष्ट रहेको बताइएको छ ।

यति मात्र होइन, प्रशिक्षणको समयका कारण पनि खेलाडीहरु रुष्ट रहेको द गोल डटकमले उल्लेख गरेको छ । कहिलेकाहीँ शारीले बेलुका ३ बजेदेखि साँझसम्म खेलाडीहरुलाई प्रशिक्षणमा राख्ने गरेका छन् ।

आफ्नो सिद्धान्तलाई खेलाडीहरुलाई बुझाउन शारीले टोलीलाई दुई समूहमा विभाजन गरेका छन्, एउटा मुख्य समूह र अर्को गौण समूह । जसले गर्दा केही खेलाडीहरुले क्लबमा आफूलाई वेवास्ता गरिएको महसुस गरिरहेका छन् ।

टोलीमा चक्रिय प्रणाली लागु नहुँदा ६० वर्षीय शारीको नेतृत्वमा धेरै खेलाडीहरुले खेल खेल्न समय पाइरहेका छैनन् । कालम हडसन ओडोईले यही कारण गत जनवरीमा चेल्सी छाडेर बायर्न म्युनिखसँग आबद्ध भएका थिए ।

अब शारीको भविष्य क्लबका मालिक रोमान अब्रामोभिचको धैर्यतामा निर्भर हुनेछ, जसका लागि उनी चिनिँदैनन् ।

सोमबार शारीले एसिस्टेन्ट म्यानेजर तथा चेल्सीका आइकन जियानफ्रान्को जोलासँग मिलेर खेलाडीहरुको प्रशिक्षण गराएका थिए ।

यदी शारी बर्खास्तीमा परे, उनको स्थानमा जोलाले क्लबको नेतृत्व सम्हाल्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप