बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीको ‘मिस सुपर मोडल ग्लोब’मा नेपाली अदिति

मङ्गलबार, २९ माघ २०७५, १५ : १६
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं – भारतको नयाँ दिल्लीमा जारी अन्तरार्ष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब’ मा नेपालको प्रतिनिधित्व अदिति अधिकारीले गरेकी छन् । प्रतियोगिताको लागि उनी आइतबार दिल्ली पुगेकी हुन् ।

फेब्रुअरी १४ मा फाइनल हुने प्रतियोगितामा प्रतियोगितामा प्रत्येक दिन विभिन्नि कार्यक्रम भइरहेको छ । उनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत दिनेछिन् ।

अन्तरार्ष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यसँग विभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी उनले ‘मिस सुपर मोडल ग्लोब’ उपाधि नेपाल भित्र्याउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले थपे ‘कला संस्कृतिको माध्यमबाट नेपाललाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’ 

१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’की बिजेता हुन् । प्रतियोगितामा नेपाल, भारत , चिन लगायत १६ देशका सुन्दरीहरुको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप