शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी युवराज सलमानले पाकिस्तानको भ्रमण गर्दै

मङ्गलबार, २९ माघ २०७५, १४ : ०७
मङ्गलबार, २९ माघ २०७५

इस्लामावाद– साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यहि महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन् । दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरेका हुन् । भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उनले बताए । 

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भ्रमणका क्रममा उनले आर्थिक सहायतसँगै व्यापार र दुईपक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्ने जनाइएको छ । अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सबैभन्दा ठूलो हुने बताइएको छ । 

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् । 

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप