मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोदी अम्बानीको बिचौलिया’

मङ्गलबार, २९ माघ २०७५, १४ : ०७
मङ्गलबार, २९ माघ २०७५

नयाँ दिल्ली । काँग्रेस अध्यक्ष राहुल गान्धीले मंगलबार एक पत्रकार सम्मेलन गर्दै पुनः एक पटक राफेल डिलमाथि निशाना साधेका छन् ।

एक इमेल सार्वजनिक गर्दै राहुलले भने, ‘यसमा एयरबसका एक एक्जेक्युटिभले लेखेका छन्, अनिल अम्बानीले फ्रान्सका रक्षामन्त्रीसँग भेट गरेका थिए । उनले एक्जेक्युटिभसँग भनेका थिए ‘१० दिनपछि राफेल डिल हुँदैछ र उनीहरुले सो करार प्राप्त गर्नेछन् ।’

राहुलको आरोप छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले अनिल अम्बानीको विचौलियाको भूमिका निभाए ।’

जुन कुराको जानकारी देशको रक्षामन्त्री, रक्षा सचिव र हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) लाई थिएन, त्यो कुराको जानकारी अनिल अम्बानीलाई कसरी भयो ?,’ राहुलले प्रश्न गरे ।

राफेल डिमा भएको अफसेट सम्झौतामा दैसो एविएसनको अनिल अम्बानीको रिलायन्स डिफेन्ससँग संयुक्त भेन्चर रहेको छ ।

अफसेट सम्झौता अनुसार भारतलाई रक्षा सामाग्री सप्लाई गर्ने कम्पनीले भारतीय कम्पनीमा लगानी गर्नुपर्छ ।

‘अम्बानीलाई १० दिन अघि थाहा थियो’

राहुलको आरोप अनुसार अनिल अम्बानीले फ्रान्सेली रक्षामन्त्रीसँगको बैठकमा मोदीको फ्रान्स भ्रमणका क्रममा एमओयुमा हस्ताक्षर हुनेछ । अम्बानीलाई १० दिनअघि नै डिल हुने थाहा थियो ।

काँग्रेस अध्यक्षले मोदी भ्रष्ट व्यक्ति भएको बताए । ‘उनले देशको सुरक्षासँग सम्झौता गरे र सरकारी गोपनियता तोडे,’ राहुलले भने, ‘उनीमाथि आपराधिक मुद्दा दायर गरिनुपर्छ । प्रधानमन्त्रीले राष्ट्रको सुरक्षासँग सम्झौता गरे ।’

राहुलले यस विषयमा छानविन गर्न संसदीय समितिको गठन गर्न पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप