डीपीएल साविक विजेता धनगढीको दोस्रो हार
काठमाडौं- साविक विजेता धनगढी स्टार्सले तेस्रो धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा लगातार दोस्रो हार खेपेको छ । मंगलबार भएको खेलमा सिवाईसी अत्तरियाले धनगढीलाई ५ रनले हरायो ।
फाप्ला क्रिकेट मैदानमा दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको ९६ रनको विजयी लक्ष्य पछ्याएको धनगढी २० ओभरमा ९ विकेटको क्षतिमा ९० रनमा समेटियो । सोमपाल कामीको कप्तानीमा रहेको धनगढीका लागि राजु रिजालले अविजित २६ रन बनाए । रोहन मुस्तफाले १८, सन्दीप रजालीले ११ र कप्तान सोमपालले १० रन बनाए । बलिङमा अत्तरियाका भुवन कार्कीले चार विकेट लिए । सन्नी पटेलले दुई विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धाति २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रन बनाए । जयकिशन कोश्लावालाले २१, प्रेम तामाङले १२ र कप्तान दिपेन्द्रसिंह ऐरीले ११ रन बनाएरका थिए । बलिङमा धनगढीका रोहन मुस्तफाले दुई विकेट लिए । अमीर हायत, सोमपाल कामी र विपिन खत्रीले एकएक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि