शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०१९ का लागि फेसनका १० शीर्ष ट्रेन्ड

मङ्गलबार, २९ माघ २०७५, १२ : ४५
मङ्गलबार, २९ माघ २०७५

सन् २०१९ मा नयाँ फेसन ट्रेन्ड भित्रिँदै छ । यो वर्ष यहाँ उल्लेख गरिएका यी ट्रेन्ड अपनाएर तपाईं आफूलाई नयाँ महिलाजस्तो अनुभव गर्न सक्नुहुन्छ ।

१. बाँसले बनाइएका ब्याग (ब्याम्बो ब्याग):

यो वर्ष फेसनको दुनियाँमा बाँसले बनाइएका ब्याग भित्रिएका छन् । युनिक डिजाइन भएका बाँसका ब्याग बोकेर तपाईं आफूलाई निकै स्टाइलिस महसुस गर्न सक्नुहुन्छ ।

२. स्टेटमेन्ट/ड्याड स्निकरः

बुवाहरुले लगाउनेजस्ता स्निकर यसवर्ष फेसनमा इन भएका छन् ।   

३. रोब कोट र –याप ड्रेसः

२०१९ मा आफूले आफैंलाई बेरेर सहज र सुन्दर देखिन सक्नुहुन्छ । यो वर्ष –याप ड्रेस निकै ट्रेन्डिङमा हुनेछ ।

४. स्नेकस्किन प्रिन्टः

चितुवा आउटडेट भयसकेको छ तर सर्पको छालाको प्रिन्ट भने भित्रिएको छ । यसलाई बुट, ट्राउजर र स्लिन्कि ड्रेससँग म्याच गराउनुहोस् ।

५. एक्सपोज्ड ब्राः

यो ट्रेन्ड गोल्डन ग्लोब रेड कार्पेटमा देखिएका सेलिब्रिटीमार्फत भित्रिएको हो । कति निकै सिम्पल देखिन्छन् भने कतिलाई गहना र लेसले आकर्षक बनाउन सकिन्छ ।

६. बाइकर सर्टस्ः

कतिले यो ट्रेन्ड सुरु गरिसकेका छन् भने कति सुरु गर्ने तयारीमा छन् । यसलाई आकर्षक ब्लाउजमा लगाउनुहोस् वा प्रिन्ट गरिएका सर्टस्मा विशेष जुत्ता लगाउनुहोस् ।

७. टर्टोइस जुलरीः

यो लुक्स ब्याग, इयररिंग, सनग्लास र तपाईंले सोच्नुभएको कुनै पनि गहनामा पाउन सक्नुहुन्छ । तपाईंले यसलाई ककटेल ड्रेसमा म्याच गरेर लगाउनुभयो भने यो उत्कृष्ट देखिन्छ । यद्यपी, जिन्समा पनि यो निकै राम्रो देखिन्छ ।

८. बेइड्जे रङका पहिरनः

बेइड्जे रङ (बालुवाको पहेँलो रङ) प्रत्येक मौसमका लागि  उपयुक्त हुन्छ । अफ सेड्का सबै बेइड्जे रङलाई मिक्स गर्ने जस्तै लिनेन र लेदर ।

९. क्यामो कार्गो पाइन्टः

यो फेसन ट्रेन्डका लागि फेसन नोभा र कार्डी बीलाई धन्यवाद दिनैपर्छ । उनीहरुले क्यामो कार्गो पाइन्टलाई विभिन्न तरिकाले डिजाइन गरे । यसलाई टर्टलनेक क्रप टपसँग लगाउन सकिन्छ ।

१० भिनाइल कोटः

चम्किला भिनाइल कोट फेसनमा इन छन् । यसलाई कालो बुटसँग पेयर गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप