बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पानी पिउन तामाकै भाडा किन ?

मङ्गलबार, २९ माघ २०७५, १० : ३४
मङ्गलबार, २९ माघ २०७५

एजेन्सी – आयुर्वेदमा पञ्चधातुको भाडामा पकाएको वा राखेको खाना खाँदा मावन शरीरमा फाइदा पुग्ने तथ्य उल्लेख गरिएको छ । जुन  तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ । पुराना रितिरिवाजको पालना गर्दा पञ्चधातुहरुको विभिन्न ठाउँमा प्रयोग गर्नैपर्ने नियम रहेको छ । जसमा तामा मूख्य मानिन्छ । 

देवीदेवताका लागि गरिने विभिन्न पाठपूजा तथा दानधर्ममा तामाको भाडाको प्रयोग गर्नुपर्छ । तर, कमलाई मात्र थाहा छ कि तामाका भाडामा राखिएका र पकाइएका खाना खानु मानव शरीरका लागि कति फाइदाजनक छ जुन हाम्रो लागि आवश्यक पनि छ । तामाको भाडामा पिउने पानी राख्दा यसले पानीलाई प्राकृतिक रुपमा नै स्वच्छ बनाउने गर्छ । तामाले पानीमा भएको ब्याक्टेरिया, किटाणु र फंग्सलाई नस्ट गरिदिन्छ । जसले गर्दा पानी सफा हुन्छ र शरीरलाई नोक्सान पुग्नबाट जोगाउँछ । 

त्यसैगरी तामामा ट्रेस मिनरल हुन्छ । जुन मानव शरीरका लागि एकदमै महत्वपूर्ण र फाइदाजनक तत्व हो । जसमा एन्टीअक्सिडेन्ट हुन्छ र यसले विशालु पदार्थको असर कम गराउँछ । 

ब्याक्टेरियाबाट सुरक्षित रहन

तामामा राखिएको खानेकुराबाट शरीरमा आवश्यक कपरको मात्रा पूरा हुन्छ । साथै यसले शरीरमा बिरामी पैदा गराउने ब्याक्टेरियाबाट रक्षा गर्छ । तामाको भाडामा राखिएको पानी पूरा मात्रामा शुद्ध मानिन्छ । तामाको भाडामा राखिएको पानी झाडापखला, पोलियो जस्ता रोग लगाउने जिवाणुलाई मार्ने काम गर्छ । 

पेटको रोगको समस्या कम गर्न 

पेटमा हुने सबै समस्याका लागि तामाको भाडामा राखिएको पानी फाइदाजनक हुन्छ । दिनदिनै तामाको भाडामा राखिएको पानी पिउँदा पेट दुख्ने, पेटमा ग्यास भरिने, एसिडिटी तथा कब्जियतको समस्याबाट छुटकारा मिल्छ । त्यस्तै एनीमियाको समस्यामा पनि यसले फाइदा पुर्याउँछ । तामाको भाडामा राखिएको पानीले आइरनलाई सजिल्यै सोस्ने भएकाले एनीमियासँग लड्न सहयोग पुग्छ । 

शरीरको दुखाई कम गर्न 

तामामा एन्टी–एन्फ्लेमेटरी गुण हुन्छ । जुन शरीरमा हुने दुखाई, ऐठन र सुन्निने समस्या हुनबाट बचाउँछ । र यसले आर्थराइटिसको समस्यामा पनि कम गराउँन मद्दत गर्छ । 

क्यान्सर रोक्न

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार तामाले क्यान्सरको शुरुवातमा नै रोक्न मद्दत गर्छ । यसमा क्यान्सर विरोधी तत्व हुन्छ । शरीरको भित्रि सफाईको लागि तामाको भाडामा राखिएको पानी प्रभावकारी हुन्छ । साथै कलेजो तथा मृगौलालाई स्वस्थ राख्न र कुनै पनि प्रकारको संक्रमणबाट बचाउँन तामाको भाडामा राखिएको पानी लाभप्रद हुन्छ । 

छालाको समस्या कम गर्न

तामाको भाडामा राखिएको पानीले छालासँग सम्बन्धित समस्या डन्डिफोर, चायाँ, पोतो र एक्नीको समाधान गर्ने र छालालाई स्वच्छ राख्छ । 

पाचन प्रणाली मजबुत बनाउन 

तामाको भाडामा राखिएको पानी पिउँदा पाचनप्रणालीमा सुधार आउँछ । तामाको भाडामा राखिएको पानी हरेक दिन बिहान पिउँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ ।

ब्लड प्रेसर नियन्त्रण गर्न 

तामाको भाडामा राखिएको पानी पिउँदा मुटु स्वस्थ रहन्छ । यसले रक्तचाप नियन्त्रण गर्न र कालेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ । साथै हृदयघातको खतरा  पनि कम गर्छ । र योे खोकीको समस्यामा पनि लाभदायी हुने बताइन्छ ।

चोटपटक छिटो निको गराउँन 

तामामा भाडामा राखिएको पानीमा एन्टी–भाइरल, एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लामेट्री गुण हुन्छ । जसले घाउलाई छिटो निको हुन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँन र नयाँ कोशिकाहरुको उत्पादन गर्न मद्दत गर्छ । शरीरका भित्रि घाउहरुलाई छिटो निको गर्न र अल्सर जस्ता समस्याबाट छुटकारा दिलाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप