शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिग फुटबल : चोट बाेकेकाे पीएसजी र फर्मको युनाइटेड भिड्दै

मङ्गलबार, २९ माघ २०७५, ०९ : ३४
मङ्गलबार, २९ माघ २०७५

एजेन्सी - बहु चर्चित युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल खेलहरु मंगलबार रातिदेखि सुरु हुँदैछ । प्रिक्वार्टरफाइनल पहिलाे खेल मंगलबार फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस प्रिमियर लिगमा तहल्का मच्चाई रहेको म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।

इङ्ल्यान्डको वल्र्ड ट्राफोर्ड मैदानमा हुने पीएसजी र युनाइटेडको भिडन्तलाई चासोका साथ हेरिएको छ । फ्रेन्च महारथि पीएसजीलाई अहिले घाइते खेलाडीको चिन्ता छ । टोलीका स्टार खेलाडीहरु नेमार, थोमस मुनियर र इडिन्सन काभानी चोटग्रस्त छन् । नेमार अझै दुई महिना मैदान बाहिर रहने छन् ।

थोमस र काभानी पनि युनाइटेडविरुद्ध खेल्न नसक्ने स्थितिमा छन् । यस्तो अवस्थामा फर्ममा रहेको युनाइटेडलाई बढी फाइदा हुने देखिएको छ । युनाइटेड अहिले जाइन्ट किलरको रुपमा स्थापित भएको छ ।

दुई महिनाअघि मुख्य प्रशिक्षम जोसे मोउरिन्होको बर्खास्तीपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सारको प्रशिक्षणमा रहेको युनाइटेड बलियो टोलीलाई हराई रहेको छ । ओलेको प्रशिक्षणमा युनाइटेडले खेलेका पछिल्ला ११ खेलमा १० खेल जितेको छ ।

त्यसैले युनाइटेड पीएसजीलाई हराएरअघि बढ्नेमा विश्वस्थ देखिन्छ । युनाइटेडका पउल पोग्वा, मार्कस रासफोर्ड, एलेक्सिस सान्चेज लायत खेलाडी फर्ममा छन् । घरेलु मैदानको फाइदा युनाइटेडलाई छ ।

म्यानचेस्टर युनाइटेड र पिएसजी च्याम्पियन्स लिगमा पहिलो पटक खेल्न लागेका हुन् । युरोपियन प्रतियोगितामा म्यानचेस्टर युनाइटेडलाई उसको मैदानमा कुनै पनि टोलीले हराउन सकेको छैन । त्यसैले घाइते पीएसजीलाई युनाइटेडलाई रोक्न कठिन हुने अनुमान गरिएको छ । च्याम्पियन्स लिगकै अर्को खेलमा मंगलबार राति इटालियन क्लब रोमा र पोर्चुगिज क्लब एफसी पोर्तो पनि भिड्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप