शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालद्वारा भारत पराजित

सोमबार, २८ माघ २०७५, २३ : ०४
सोमबार, २८ माघ २०७५

काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । 

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप