नेपालमा कण्डमको प्रयोग न्यून, ८ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने
काठमाडौँ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।
केन्द्रका निर्देशक डा. तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।
फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडकको खहरेमा सुख्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण