शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० वरियतामा पारसको फड्को

सोमबार, २८ माघ २०७५, २० : ०१
सोमबार, २८ माघ २०७५

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी) को टी–२० बरियतामा ठूलो फड्को मारेका छन् ।

आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार पारस पहिलोपटक अलराउन्डर वरियताको शीर्ष ४० भित्र परेका छन् ।  अघिल्लो सातामात्रै पारसको कप्तानीमा नेपालले यूएईविरुद्धको टी–२० क्रिकेट शृंखला जितेको थियो ।

पारसले ७६ रेटिङ प्वइन्ट पाएका छन् । टी–२० ब्याटिङ वरियतामा भने पारस ९०‍ औं स्थानमा छन् । यसैगरी बलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७० औं र वसन्त रेग्मी ७१ औं स्थानमा छन् । सोमपालले यसपटक सर्वाधिक ४०९ प्वइन्ट पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप