टी–२० वरियतामा पारसको फड्को
सोमबार, २८ माघ २०७५, २० : ०१
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी) को टी–२० बरियतामा ठूलो फड्को मारेका छन् ।
आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार पारस पहिलोपटक अलराउन्डर वरियताको शीर्ष ४० भित्र परेका छन् । अघिल्लो सातामात्रै पारसको कप्तानीमा नेपालले यूएईविरुद्धको टी–२० क्रिकेट शृंखला जितेको थियो ।
पारसले ७६ रेटिङ प्वइन्ट पाएका छन् । टी–२० ब्याटिङ वरियतामा भने पारस ९० औं स्थानमा छन् । यसैगरी बलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७० औं र वसन्त रेग्मी ७१ औं स्थानमा छन् । सोमपालले यसपटक सर्वाधिक ४०९ प्वइन्ट पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर