‘समर लभ’ को व्यापारमा बर्षात भिलेन
काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’ले लगातार दुई दिन बर्षातको सामना गर्नुपर्यो । यद्यपि फिल्मको पर्खाइमा रहेका दर्शक भने हलमा देखिएको निर्माण युनिटले जनाएको छ । शुक्रबारको तुलनामा शनिबार र आइतबार हलमा दर्शक बढी देखिए । बर्षातका कारण शुक्रबार र शनिबारको बिहानी शो प्रभावित भएको निर्देशक मुस्कान ढकालले जानकारी दिए ।
शनिबारको दिनको शो भने राजधानीको गोपीकृष्ण, अष्टनारायण र मल्टिप्लेक्सतर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो देखिएको थियो । कलाकारसहितको फिल्म टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीको विभिन्न हलमा समेत पुगेको थियो । दर्शकले फिल्मको बारेमा राम्रो प्रतिक्रिया दिएको निर्देशक ढकाललको भनाई रहेको छ ।
सुविन भट्टराईको उपन्यासमा ‘समार लभ’ आधारित फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव