शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने मात्र होइन : डा. बाबुराम भट्टराई

सोमबार, २८ माघ २०७५, १९ : १८
सोमबार, २८ माघ २०७५

धादिङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको ‘पाँच वर्षमा भोट हाल्ने कार्य मात्रै होइन’ भनेका छन् । जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै  संयोजक भट्टराईले यस्तो बताएका हुन् । 

‘लोकतन्त्र भनेको जिन्दावाद मुर्वावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने मात्रै होइन,’ उनले भने, ‘लोकतन्त्र भनेको सबै जनतालाई अधिकार सम्पन्न बनाउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली हो ।’

‘हालको राजनीतिक परिवर्तनलाई संस्थागत गरेर तलसम्म पुर्या्उने र यसलाई अझ अघि बढाउने हो भने राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ दिनुपर्छ । यसो हुन सकेन भने भने लोकतन्त्र दिगो हुँदैन,’ संयोजक भट्टराईले भने । 

राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने डा. भट्टराईको भनाइ थियो । ‘लोकतन्त्र र राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनको चक्रलाई हामीले फेरि अघि बढाउनुपर्छ र हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छ,’ उनले भने ।

त्यस्तै देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको संयोजक भट्टराईले बताए । ‘अब हामीलाई चाहिएको हतियारको क्रान्ति वा हिंसाको क्रान्ति होइन,’ उनले भने, ‘विचारको क्रान्ति, व्यवस्थाको क्रान्ति, प्रविधिको क्रान्ति हो ।’

संयोजक भट्टराईले असल र इमान्दार मान्छे मिलेर फेरि एउटा अभियान सुरु गर्न नयाँ शक्तिले जनसंवाद थालनी गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप