शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेफ्टी अल्ट्राको डोन्ट स्टप एभर अभियान !

सोमबार, २८ माघ २०७५, १९ : ०३
सोमबार, २८ माघ २०७५

काठमाडौं । आजको विश्व परिप्रेक्ष्यमा, नारीहरु बाँधिएर बस्ने बेला छैन । उनीहरुले आफूले जे चाहन्छन् त्यसलाई प्राप्त गर्नको लागि आफैँमा संकुचित भएर रहनुहुँदैन । तर अझै समाजमा कुरीति र निषेधप्रथा

विद्यमान छ, जब उनीहरु महिनावारी हुन्छन् । यस अवधिमा नारीहरुलाई निश्चित कार्यहरु गर्नबाट रोक लगाइन्छ, मात्र उनीहरु अस्वच्छ र अरु धेरै भएको कारण देखाइन्छ ।

‘सेफ्टी अल्ट्रा– डोन्ट स्टप एभर अभियान’ भन्ने नाराका साथ ज्यास्मीन हाइजिनले यस्तो सन्देश प्रवाह गर्न चाहेको छ कि नारीलाई महिनावारी भएकै कारणले मात्र सफलता हासिल गर्नबाट निषेध तथा बञ्चित तुल्याउनुहुँदैन । 

‘हामीले हाम्रै समाजमा हाम्रा छोरीचेलीहरुप्रति उनीहरु महिनावारी हुँदा गरिने व्यवहार देखेका छौं र त्यसको अनुभव गरिरहेका पनि छौं । हामीले यो बुझ्नु जरुरी छ कि यो एउटा स्वाभाविक प्रक्रिया हो र यसकै कारणले उनीहरुलाई उनीहरुको सपना र इच्छा आकांहरु पूरा गर्नबाट रोक लगाउनुहुँदैन ।’ ज्यास्मीन हाइजिनका निर्देशकले भने । 

उनले अगाडी भने, ‘सेफ्टी अल्ट्रा– डोन्ट स्टप एभर अभियान’ भन्ने हाम्रो अभियानमार्फत् हामी नारीहरुलाई अगाडी बढ्नमा कुनै पनि प्रकारको व्यवधान हुनुहुँदैन भन्ने मान्यता स्थापित गराउन चाहन्छौं । चाहे त्यो महिनावारीकै समयमा किन नहोस् । परिस्थितिलाई मनन गरेर, हामीले विभिन्न किसिमका सेफ्टी अल्ट्रा स्यानिटरी प्याडहरु प्रस्तुत गरेका छौं, जुन अत्याधुनिक प्रविधिहरुबाट उत्पादन गरिएका स्वच्छ, सुरक्षित र विश्वासिला उत्पादन हुन् । अद्यावधिक गरिएका नयाँ उत्पादन शृँखलाका  साथ हामीले ग्राहकहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विशेषताहरु सहितको प्रवाह नियन्त्रण गर्ने प्याड उपलब्ध गराएका छौं ।’

सेफ्टी स्यानिटरी प्याड विराटनगरमा अवस्थित नेपाली स्यानिटरी प्याड निर्माता हो । यो ब्राण्ड नेपाली बजारमा विगत १० वर्षदेखि स्थापित छ । सेफ्टी स्यानिटरी प्याडहरु यसको सुलभ मुल्य र गुणस्तरका कारण बजारमा लोकप्रिय रहँदै आएको कम्पनीको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप