शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

सोमबार, २८ माघ २०७५, १८ : ०१
सोमबार, २८ माघ २०७५

काठमाडौं । के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रा.लि, नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटरसम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा ल्याएको छ ।

एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि रहेको कम्पनीले जनाएको छ । 

स्मार्ट एप्लायन्सले एयरटेक AT800AE एयर कुलर नेपाली बजारमा ल्याएको हो । यसलाई कार्बन डस्ट पिल्टरसहितको पोलिम्बरबडि सामाग्री, अर्थिङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ । 

७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक AT800AE मा ४ स्पीड ब्लोवर कन्ट्रोल छ जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिभर गर्ने बताइएको छ । 

जुन कम स्थान भएकाहरुका लागि एकदमै सहि विकल्प हो । यसमा १ वर्षको वारेन्टी पनि रहेको छ । एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप