रिचार्जर एपमा थपियो नयाँ फिचर, ‘भ्यालेनटाइन डे’ मा आइफोन एक्स उपहार
काठमाडौं । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले ‘भ्यालेनटाइन डे’ को अवसर पारेर आइफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।
रिचार्जरले ‘भ्यालेनटाइन डे’ को अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आइफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केहि शर्त तोकेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको ‘लक्की ड्र’ मा सहभागी हुनका लागि ‘गुगल प्ले’ वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नुपर्ने हुन्छ ।
त्यसपछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नुपर्नेछ । यसका साथै कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्नेछ ।
१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आइफोन एक्स वितरण गरिनेछ । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइफमार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए ।
साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवा विस्तार गर्नेक्रममा झण्डै आधादर्जन बढी नयाँ फिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एपमार्फत नै पानी, बिजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ ।
साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांस भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने सरचार्जरले जनाएको छ ।
‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंक्सन अनलाइन सपिङ हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा २० भन्दा बढी बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।
नेपालमा चलन चल्तीमा रहेका एक हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा