प्रदेश नम्बर ३ लाई भ्रष्टाचारमुक्त बनाउछौंः मुख्यमन्त्री पौडेल
सोमबार, २८ माघ २०७५, १६ : ५३
काठमाडौं–प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् ।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।
सोमबार हेटौडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे ।
भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलको त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यकता औंल्याए ।
मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढने योजना पनि अघि सारे ।