बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरहरु फेरि सडकमा (फोटोफिचर)

समायोजन विधेयकको विरोधमा सरकारी चिकित्सकको प्रदर्शन
सोमबार, २८ माघ २०७५, १३ : १७
सोमबार, २८ माघ २०७५

समायोजन विधेयकको विरोधमा भएको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले सोमबार वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना भने विफल भएको थियो । 

आइतबार विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो । 

स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका उनीहरु आन्दोलनरत छन् । 

उनीहरुले समायोजन अध्यादेश गैरकानुनी भएको आरोप लगाएका छन् ।

स्वास्थ्य सेवाका कर्मचारी अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संसद सचिवालयमा दर्ता भइसकेको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित हुन भने बाँकी नै छ । 

संघीय संसदका दुवै सदनबाट पारित भएपछि विधेयकले ऐनको रुप लिँदै कार्यान्वयनमा जानेछ ।

विधेयकको दफा ४३ मा नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुको समूह वा उपसमूह परिवर्तनको व्यवस्था छ । दफा ४३ को उपदफा ३ अनुसार सरकारको खर्चमा स्वास्थ्य सेवाका कुनै कर्मचारीले अध्ययन गरी विशेष योग्यता हासिल गरेमा उसको सेवा समूह सरकारले परिवर्तन गर्नसक्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप