बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७० वर्ष पुग्नै लाग्दा हलिउड स्टार रिचर्ड गेरे बने बुवा

सोमबार, २८ माघ २०७५, १३ : ०२
सोमबार, २८ माघ २०७५

हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नु सात महिनाअघि दोस्रो पटक बुवा बनेका छन् ।

स्प्यानिश म्यागजिन होला! का अनुसार प्रिटी वुमन स्टार एवं गेरेकी श्रीमती एलिजान्ड्रा, ३६, ले केही दिन अघि छोरालाई जन्म दिएकी छिन् ।

गेरे र उनकी पूर्व श्रीमती क्यारे लोवेलको होमर जेम्स जिग्मे नामका १८ वर्षे छोरा छन् ।

एलेजान्द्राको पनि पूर्व श्रीमान गोबिन्द फ्रिडल्याण्डबाट ६ वर्षका छोरा छन् ।

एलेजेन्द्राले गत सेप्टेम्बरमा आफू गर्भवती भएको पुष्टि गरेकी थिइन् । दलाई लामाले आशिर्वाद दिन उनको पेट छोइरहेको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

गेरेसँग विवाह भएको ६ महिनापछि उनी गर्भवती भएको खबर सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप