शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भेनेजुएलाका समाजवादी नेताका पुँजीवादी सन्तानः चावेजकी छोरीसँग ४ खर्बको सम्पत्ति

सोमबार, २८ माघ २०७५, १२ : २५
सोमबार, २८ माघ २०७५

भेनेजुएलाको अर्थव्यवस्था खस्कँदो छ । महँगी चरम अवस्थामा छ । मानिसहरु देश छोडेर अन्य देशमा शरण लिइरहेका छन् । तर समाजिक क्रान्तिको सुरुवात गर्ने पूर्व राष्ट्रपति ह्युगो चावेजका सन्तानसँग अकूत सम्पत्ति छ ।

नेताका सन्तानका नयाँ पीढि देशको स्थितीसँग बेखबर छन् र विलासी जीवनयापन गरिरहेका छन् । चावेजकी जेठी छोरी मारिया ग्याब्रिएला (३८) सँग चार अर्ब डलर चार बिलियन डलर (अर्थात् चार खर्ब ५५ अर्ब रुपैयाँ) को सम्पत्ति भएको बताइन्छ । उनको युरोपमा विभिन्न खाता पनि छन् ।

फर्स्ट लेडी बनेकी थिइन् मारियाः

चावेजको आफ्नो दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । त्यसपछि मारियालाई नै भेनेजुएलाकी फर्स्ट लडीको दर्जा दिइएको थियो । चावेजपनि मारियालाई निकै माया गर्दथे । सन् २००२ मा कूको विफल प्रयासपछि मारियाले नै क्यूबाका फिडेल क्यास्त्रोसँग मद्दतको अपिल गरेकी थिइन् ।

ह्युगो चावेजले सम्पत्ति आर्जनलाई खराब बताएका थिए तर उनका सन्तान यस्तो ठान्दैनन् । चावेजकी कान्छी छोरी रोजिनेस (२१) ले भेनेजुएला छोडिसकेकी छिन् । सन् २०१६ मा रोजानेसको एउटा फोटो भाइरल भएको थियो जसमा उनले डलरलाई पंखाको आकार बनाएर हातभरी लिएकी थिइन् । फोटो भाइरल भएको केही घण्टापछि उनी पेरिस गइन् ।

रोजानेस फ्रान्सको सोरबोन इलाकामा बसिरहेकी छिन् । चावेज दिदी बहिनीलाई स्पेनसमेत विभिन्न युरोपेली शहरमा सपिङ गरिरहेको देख्न सकिन्छ । चावेजका छोरामाथि गत वर्ष अर्बौं डलरको सम्पत्ति शुद्धिकरणको आरोप लागिसकेको छ । यसमा अमेरिकी सांसद मार्को रुबियोको नाम पनि मुछिएको थियो ।

राष्ट्रपति निकोलस मादुरोको पनि शान र विलासी जीवनशैलीमा पनि कुनै कमी छैन । गत वर्ष एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनी एक सेलिब्रिटी शेफ साल्टबेको पार्टीमा रमाइरहेका थिए ।

साथै, केही महिना अघि मादुरोका दुई सौतेनी छोरा योस्वाल गाविदिया फ्लोरेस र वाल्टर गाविदिया फ्लोरेसको छुट्टी मनाइरहेको तस्बिर सार्वजजिक भएको थियो । दुई भाइले पेरिसमा १८ दिनका लागि होटलको कोठा ४५ हजार डलरमा बुक गरेका थिए । उनको होटलको बिल भेनेजुएलाका दुई हजार नागरिकको तलब बराबर थियो ।

भेनेजुएलाका नेताका बच्चामात्रै विलासी जीवन बिताइरहेका छैनन् । मादुरोका सेकेन्ड इन कमान्ड डायोसडाडो काबेलोकी छोरी डेनिला पनि आफ्नो जीवनशैलीका लागि चर्चित छिन् । डेनिलाका प्रेमी एवं ल्याटिन पप गायक उमर असिदोसँग उनको फोटो आइरहन्छन् ।

भेनेजुएलाको दैनिक उपभोग्य वस्तुको मूल्य न्यूनतम पारिश्रमिकभन्दा १६ गुणा बढी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप