चेल्सीकाे पाेष्टमा गोल वर्षा गर्दै सिटी शीर्ष स्थानमा
एजेन्सी–लन्डन साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई ६–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
जितसँगै २७ खेलबाट ६५ अंक बनाएको सिटीले समान अंक बनाएको लिभरपुललाई गोलअन्तरका आधारमा पछि पारेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ । घिरेलु मैदानमा सनसनीपूर्ण प्रदर्शन गरेको सिटीको जितमा सर्जियो एग्युरोले ह्याट्रिक गरे । रहिम स्ट्रलिङले दुई र इलके गुन्डोगानले एक गोल गरे । चौथोँ मिनेटमा खाता खोलेका स्ट्रलिङले ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एग्युरोले १३ औँ, १९ औँ र ५६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
गुन्डोगानले २५ औँ मिनेटमा गोल गरेका थिए यसैगरी आइतबार राति नै भएको खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३-१ गोलले हराएको थियो । टोट्टनहामको जितमा डाभिन्सन सान्चेजले ३३ औँ, क्रिस्टियन इरिक्सनले ६६ औँ र सन हेउङ मिनले ९० औँ मिनेटमा गोल गरे । लेस्टरका जिमी भार्डीले ७६ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
तेस्रो स्थानमा रहेको टोट्टनहामको ६० र चौथोँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)