क्यास्पियन कपमा कसमस र त्रिचन्द्रको विजयी सुरुवात
काठमाडौं–प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा कसमस कलेज र त्रिचन्द्र कलेजले विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कसमसले आयोजक क्यास्पियन कलेजलाई ७ रनले हरायो । मैदान चिसो भएको कारण आठ ओभरमा छोट्याईएको खेलमा आयोजक क्यास्पियनले निर्धारित ८ ओभरमा ६ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । जवाफमा कसमसले ८ ओभरमा चार विकेटको क्षतिमा ७३ रन बनायो ।
यसैगरी अर्को खेलमा त्रिचन्द्र कलेजले काफकोल कलेजलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको त्रिचन्द्रले निर्धारित ८ ओभरमा ६ विकेटको क्षतिमा ६८ रन बनायो । ६९ रनको लक्ष्य पछ्याएको काफकोल ८ ओभरका ३ विकेटको क्षतिमा ५२ रनमा समेटिएको थियो ।
प्रतियोगिातका विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिनसम्म सञ्चान हुने प्रतियोगिताको नेकपाका युवा नेता अनिल शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितालाई सिजी ग्रुपको वाईवाईले मुख्य प्रायोजन गरेको छ । यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ