स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ चिकित्सक पक्राउ
काठमाडाैं-कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् ।
कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्य मन्त्रालय अगाडि धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर पान्डेले मन्त्रालयले शान्तिपूर्ण धर्ना दिईरहेको बेलामा प्रहरी लगाएर धरपकड गरिएकाे आराेप लगाए ।
यसैबीच धर्नामा भएकाे प्रहरी हस्तक्षेपप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा.लोचन कार्कीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा सरकारले चिकित्सकहरुको समायोजनका सम्बन्धमा गरेकाे विवादास्पद निर्णयका विरुद्ध धर्ना दिँदा धरपकड गरिनु निन्दनीय भएकाे उल्लेख गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’