शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीगर मुसलमानलाई बन्दक नबनाउन चीनलाई टर्कीको चेतावनी

आइतबार, २७ माघ २०७५, १६ : ००
आइतबार, २७ माघ २०७५

बीबीसी । चीनको अल्पसंख्यक वीगर समुदायका एक लोकप्रिय संगीतकारको मृत्यु भएको सार्वजनिक भएपछि टर्कीले चीनसँग वीगर मुसलमानहरुका लागि बनाइएका हिरासत क्याम्प बन्द गर्न माग गरेको छ । 
संगीतकार अब्दुर्रहीम हेयित चीनको शिनजियाङ क्षेत्रमा आठ वर्षको सजाय काटिरहेका थिए । शिनजियाङ क्षेत्रमा करिब दश लाख वीगर मुसलमानहरुलाई हिरासतमा राखिएको विश्वास गरिन्छ ।  

टर्कीको विदेश मन्त्रालयको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा हिरासतमा राखिएका मानिसहरुको यातना दिइँदै आएको दावी गरिएको छ ।  

चीनले भने सो कुनै हिरासत नभएर पुनरशिक्षा केन्द भएको बताउँदै  आएको छ ।  

‘वीगर’हरु चीनको शिनजियाङ प्रान्तको पश्चिमी क्षेत्रमा बसोबास गर्ने चीनका अल्पसंख्यक मुसलमान हुन् । 

उनीहरुको मूल टर्कीस् भएकाले भाषा तथा अन्य संस्कृति टर्कीस्हरुसँग मल्दिोजुल्दो रहेको छ ।  

केही वर्षअघि त्यो क्षेत्रका केही मानिसहरुको संलग्नतामा चीनका प्रमुख सहरहरुमा उग्रवादी हमला भएपछि चनिया सरकारले यो समुदायमाथि निक्कै कडा निगरानी राखिरहेको छ । 

आलोचकहरुले सो समुदायको धार्मिक स्वतन्त्रतामाथि चीनले बन्देज लगाएको आरोप लगाएका छन् । 
टर्कीले के भन्यो ?

शनिवार जारी गरिएको एक वक्तव्यमा टर्कीले भनेको छ ,“ हिरासतमा राखिएका दस लाख भन्दा बढी वीगर मुसलमानहरुलाई प्रताडित गरिन्छ भन्ने कुरा अब रहस्यमात्र रहेन । उनीहरुको राजनीतिक हिसाबले ‘ब्रेनवास’ गरिँदैछ ।”

टर्कीका विदेश मन्त्रालयका प्रवक्ता हामी अकसायँले भने, “२१ औं शताब्दीमा पनि ‘कन्सन्ट्रेशन क्याम्प’ बनाइँदै छ । टर्कीस मुलका वीगर मुसलमानहरु विरुद्ध चिनिया प्रशासनको कार्य मानवताको लागि लज्जाको विषय हो ।”

टर्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग ‘चीनमा जारी मानवीय त्रासदी’ लाई अन्त्य गर्नको लागि प्रभावकारी कदम उठाउन पनि आह्वान गरेको छ । 

चीनको गुप्त क्याम्प
चीनले भने शिनजियाङ प्रान्तमा बनाइएका कन्सर्नट्रेसन क्याम्पहरु ‘व्यवसायिक शिक्षा केन्द्र’ भएको र त्यसमार्फत उक्त क्षेत्रमा रहेको उग्रवादलाई परास्त गरिने बताइरहेको छ ।   

अघिल्लो वर्ष शिनजियाङका एक उच्च अधिकारी शोहरात जाकिरले भनेका थिए,“ क्याम्पमा राखिएका मानिसहरु आफ्ना गल्तीहरु सुधार्ने मौकाका लागि कृतज्ञ छन् । ”

मानव अधिकार समूहले भने त्यस क्षेत्रमा मानिसहरुलाई बीना आरोप अनिश्चितकालसम्म हिरासतमा राखिँदै आएको बताएको छ । 

समाचारहरु हेयीतको मुत्युको खबर अझैसम्म स्वतन्त्र रुपमा पुष्टि भएको छैन । मानव अधिकार संगठन एमनेष्टी इन्टरनेशनलले उनको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । 

हेयीत एक विशेष बाद्ययन्त्र दुतारका लोकप्रिय वाधक थिए । एक समय उनी सम्पूर्ण चीनमा लोकप्रिय थिए । उनले बेइजिङमा संगीतको शिक्षा लिएका थिए र उनी चीनको राष्ट्रिय संगीत समूहको सदस्य थिए । 
आफ्ना पूर्वजहरुको सम्झना गर्दै एक गीतको प्रस्तुति दिएपछि उनलाई हिरासतमा लिएको थियो । उक्त गीतमा वीगर समुदायका युवाहरुलाई आफ्ना पूर्खाको त्यागको सम्मान गर्न आह्वान गरिएको थियो । 
को हुन वीगर मुसलमान ?
वीगर मुसलमान मुख्यत चीनको शिनजियाङ प्रान्तमा बस्छन् । यहाँको लगभग ४५% जनसंख्या वीगर हुन् ।  

यीनले सांस्कृतिक र नस्लीय रुपमा आफूलाई टर्कीस र अन्य मध्य–एशियाली देशहरुको नजिक मान्ने गर्छन् । उनको भाषा पनि टर्कीसहरुसँग मिल्दो जुल्दो हुन्छ । 

पछिल्लो दशकहरुमा चीनको बहुसंख्यक हान समुदायका शिनजियाङतर्फ बसाई सर्न सरकारले नै उत्प्रेरित गरिरहेको र यसमार्फत वीगरहरुलाई तिनकै क्षेत्रमा अल्पसंख्यक बनाउन लागिएको आरोप लाग्ने गरेको छ ।  

शिनजियाङ चीनको एक स्वायत्त क्षेत्र हो । यो दक्षिणी चीनमा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप