शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल आइडल–लाइभ इन सिड्नी’ सम्पन्न

आइतबार, २७ माघ २०७५, १५ : ३०
आइतबार, २७ माघ २०७५

सिडनी– रियालिटी शो नेपाल आइडल सिजन–२  बिजेता रवि ओड सहित टप ६ को  ‘लाइभ इन सिड्नी ’ कार्यक्रम  शुक्रवार भब्यरुपमा  सम्पन्न भएको छ । 

नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको  कार्यक्रममा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६  गायक–गायिकाहरुले प्रस्तुति दिएको  नेपाली टचका फाउनडर दिपेश पुनले जानकारी दिए । 

 कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले‘ पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ लगायत ४, ५ प्रस्तुति दिएका थिए । यस्तै बिक्रम बरालले ‘सालैजू’ लगायत ४–५ वटा प्रस्तुति दिएका थिए ।

त्यस्तै  सुमित पाठक अस्मिता अधिकारी, अमित बराल र पवन गिरीले पनि आ–आफ्नो  बेजोड प्रतुति दिए । 

सो क्रममा सिडनीका स्थानीय कलाकारहरु सुगम जोशी, सुबास जे खरेल र सुमेश मानन्धरलगायतले प्रस्तुती दिएका । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप