शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउँछौँः  सांसद निरु पाल

आइतबार, २७ माघ २०७५, १३ : ०९
आइतबार, २७ माघ २०७५

काठमाडौँ–प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताएकी छिन् । 
कञ्चनपुरको महाकाली बाल विद्यालय माझगाउँ कञ्चनपुरको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पालले शिक्षा नागरिकका नैसर्गिक अधिकार भएको भन्दै वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने समेत बताइन् ।
 वार्षिकोत्सक कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत चार वर्षिया प्रिया सुनारको शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क आफूले बेहोर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य समेत रहेकी सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्नका लागि एक महिना बराबरको पारिश्रमिक दिइने समेत बताइन् । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप