घरमै मृत भेटिए बलिउडका चर्चित भिलेन महेश आनन्द
आइतबार, २७ माघ २०७५, १० : ५९
मुम्बई – बलिउड उद्योगमा ८० र ९० को दशकका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो ।
उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ ।
अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए ।
उनी बलिउडमा भिलेनको भूमिका निभाएका कारण निकै चर्चित थिए । उनले ‘कुरुक्षेत्र’, ‘कुली नम्बर वान’, ‘शहंशाह’, ‘स्वर्ग’, ‘थानेदार’, ‘आया तुफान’ र ‘प्यार किया नही जाता’ जस्ता फिल्ममा काम गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्ने र सम्बन्ध टुटेपछि चरित्र हत्या गर्ने पक्राउ
-
वर्षाका कारण सम्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण