लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’
आइतबार, २७ माघ २०७५, ०९ : ३४
एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ ।
विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् ।
रिपोर्टका अनुसार बेहुली हिँड्दा हिँड्दै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ (स्टुपिड) भनेका थिए ।
क्यूएट न्यूजको दाबी अनुसार बेहुलाले आफूलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् ।
जजले उनको माग सम्बोधन गरे । ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै त्यही जजले उनीहरुको सम्बन्धविच्छेद पनि गराए ।
कुवेतमा बस्ने यो जोडी श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् ।
यो देशको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी