बीपी कोइराला क्यान्सर अस्पतालमा ८२ जनालाई रोजगारीको अवसर (सूचनासहित)
आइतबार, २७ माघ २०७५, ०८ : ३८
काठमाडौं– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा जम्मा ८२ जना कर्मचारी माग गरेको छ ।
आइतबार प्रकाशित सूचनाअनुसार रजिष्ट्रार, टेक्नोलोजिष्ट, टेक्नेसियन, स्टाफ नर्स, यहायकलगायतका पदमा ८२ कर्मचारीको माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिनन सक्ने सूचनामा उल्लेख छ।