शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा कैदीको मृत्यु

शनिबार, २६ माघ २०७५, १८ : ४७
शनिबार, २६ माघ २०७५

 जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिए। 

जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका उराव क्षयरोगसम्बन्धी बिरामी थिए । बिरामीले च्यापेपछि शुक्रबार साँझ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप