बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सरकारविरुद्ध महिला संघको प्रर्दशन

शनिबार, २६ माघ २०७५, १६ : ५०
शनिबार, २६ माघ २०७५

बुटवल– नेपाली कांग्रेस निकट नेपाल महिला संघले सरकारको कार्यशैलीको विरोधमा शनिबार बुटवलमा प्रदर्शन गरेको छ ।

दण्डहीनतालाई प्रश्रय दिएको, निर्मला हत्याकाण्डबारे गम्भीर नभएको, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको, महिला तथा बालबालिका हिंसाबारे गम्भीर नभएको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरिएको नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाहीले बताइन्।

विरोध प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, दोषीलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए । सो क्रममा उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप