शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसीले पठायो क्रिकेट खेलाडीको तलव, यस्तो छ खेलाडीको बर्गीकरण

शनिबार, २६ माघ २०७५, १३ : ४३
शनिबार, २६ माघ २०७५

काठमाडौं–नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब एकैपटक पठाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो ।

 राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आईसीसीलाई खेलाडीको तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेर यसअघि नै पठाएको थियो । आईसीसीले राखेपमार्फत खेलाडीको तलव दिन लागेको हो । तलबका लागि आईसीसीले राखेपको खातामा पैसा पठाइसकेको राखेपले जनाएको छ ।

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा खेलाडीको वर्गीकरण गरेको थियो । क्यानले सन् २०१५ देखि बर्गीकरणमा परेका खेलाडीलाई मासिक तलव दिन थालेको थियो । खेलाडीले सन् २०१७ जुलाइसम्म तलव पाएका थिए । त्यसपछि रोकिएको तलव दिलाउन आईसीसीलाई नेपालका खेलाडीले समेत अनुरोध गरेका थिए ।

तलव वितरणका लागि आइसीसीले प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीका खेलाडीले मासिक ३५ हजारका दरले एकमुष्ठ आठ लाख ४० हजार पाउनेछन् । बी श्रेणीका खेलाडीले मासिक २५ हजारका दरले ६ लाख र सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले तीन लाख ६० हजार रुपैयाँ पाउनेछन् ।

यस्तो छ खेलाडीको बर्गीकरण

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप