माघे झरीको छाता
शनिबार, २६ माघ २०७५, ११ : ३१

माघे झरी लाग्यो अनि छाता खोज्न लाइयो
हिजोसम्म चाहिया थे’न आज फेरि चाहियो
कुन कुनामा थन्किए’थ्यो खोज्दा पाइएन
छाता खोज्ने हतारोले भातै खाइएन
बल्ल बल्ल पाइयो छाता मैलिएको रै’छ
माकुराको जालो यसमै फैलिएको रै’छ
डन्डीमा’नि खिया थियो जोर्नीमा’थ्यो खिया
च्यातिएर कपडा’नि भा’थ्यो छिया छिया
टक्टक्याएँ धुलो मैलो खोल्न खोजेँ भ्याट्ट
छाता यसो खोल्छु भन्दा भयो आफै प्याट्ट
जबर्जस्ती तान्न खोज्दा भाँचिएर डाँठ
यो छाताले पार्यो मलाई आज बिल्लिबाँठ
छाता ओढ्न पाइएन रुझ्दै भिज्दै गएँ
जसरी नि स्कुल पुगेँ बरु भोकै रहेँ
बाबासँग फकाई फुल्याई भरे पैसा माग्छु
नयाँ छाता किन्छु अनि जतन गरी राख्छु ।
– मध्यनेपाल नगरपालिका–६, भोर्लेटार लमजुङ
(२०७५/१०/२४)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
-
शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती