केन्द्रीय संस्करण
प्रेरक

डिस्लेक्सियाः तोते बोल्ने, राम्रो पढ्न नसक्ने, उल्टोपाल्टो पढ्ने समस्या !

किन र कसरी हुन्छन् : मूर्ख र मन्दबुद्धिका ठानिएकाहरु विलक्षण प्रतिभाशाली

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0
Picture source: www.ritutorial.org

डिस्लेक्सियाले ग्रस्त विश्वविख्यात हस्तीहरु, जसको सफलताको कथाले प्रमाणित गरेको छ : बुद्धू र मन्दबुद्धि ठानिएकाहरु पनि प्रतिभाशाली हुन्छन् !

के तपार्इं तीन वर्षसम्म बोल्नै नजान्ने र नौ वर्षसम्म पनि खर्रर बोल्न नसक्नेहरुलाई मन्दबुद्धिको मान्नुहुन्छ ? के तपाईं स्कूलमा गणितमा आलु खाने र शिक्षकको गाली खानेहरुलाई मूर्ख ठान्नुहुन्छ ?

पख्नुस्, त्यसो ठान्दै हुनुहुन्छ भने तपाईंको ठम्याइ सही नहुनसक्छ ! किनकि, वैज्ञानिक अल्बर्ट आइन्स्टाइन स्वयं पनि पहिले त्यस्तै बालक मानिन्थे । सानोमा संगीतकार मोजार्ट, चित्रकार लियोनार्दो दा भिन्चि र कथाकार हाय्न्स क्रिश्चियन एण्डर्सनले पनि अनेक आरोप र गाली खाएका थिए, पढाइ–लेखाइमा समस्या भएको कारणले ।

के तपार्इं ‘क’लाई ‘त’ ‘ट’ उच्चारण गर्नुहुन्छ ? यहाँका साथीहरु मोजालाई नोजा या अरु केही भन्छन् ? के विद्यार्थीहरु ‘द’ लाई ‘म’ वा m लाई n भन्छन् ? यस्तो भन्नेहरुलाई तपाईं काम नलाग्ने बुद्धू बच्चा भन्नुहुन्छ ?

होश गर्नुस्, उनीरुलाई जे पायो, त्यही भन्नु पक्कै गलत हुनसक्छ । किनकि बीसौं शताब्दीका चर्चित राजनीतिज्ञ विन्स्टन चर्चिल पनि सानोमा भकभके थिए । अलि ठूला भएपछि पनि तोते बोलीमा कुरा गर्ने चर्चिलले भन्न खोजेको कुरा अस्पष्ट हुन्थ्यो ।

वैज्ञानिकहरु नील्स बोर, बेञ्जामिन फ्रेन्कलीन, अलेक्जेण्डर ग्राहम वेल, माइकल फाराडे, कलाकार टम क्रुज र वाल्ट डिस्नेले पनि बाल्यावस्थामा अनेक लाञ्छना खपेका थिए, लेखपढको समस्याले गर्दा ।

धेरैजसो मानिसहरुमा वास्तविकता बुझ्दै नबुझी, बुझ्ने प्रयास नै नगरी जे मन लाग्यो, त्यही भन्दिने बानी छ । कट्टुलाई टट्टु भनी हिज्जे गडबड गरी भन्ने–लेख्नेलाई अनेक ढंगले लाञ्छना लगाउने प्रचलन व्याप्त छ । समाजमा वा स्कूलमा उनीहरुलाई सजिलै मूर्ख, बुद्धू वा ‘डल’ विद्यार्थीको संज्ञा दिइन्छ र उनीहरुलाई गिज्याइन्छ । र, त्यसको परिणामस्वरुप शुरु हुन्छन् कलिला बालबालिकाहरुको प्रतिभा र सुन्दर भविष्यको हत्या गर्ने सिलसिला ।

nice लाई mice उच्चारण गर्ने वा knife लाई nive लेख्ने वा अध्ययन–लेखनमा ढिलो हुनेहरु धेरै नै हुन्छन् । यस्ता लक्षणहरु मूर्खता वा बुद्धूपनाका उदाहरणहरु हुन् ? वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्ता लक्षणहरु डिस्लेक्सिया (DYSLEXIA)  नामक समस्याका संकेतहरु हुन्, जुन लेखपढमा कमजोरीको रुपमा प्रकट हुन्छन् । यसको पहिचान गर्ने क्रममा वैज्ञानिकहरुले भनेका छन्– जो सिकाइमा सुस्त छन्, जो हिज्जे वा alphabet को लेखाइ र उच्चारणमा गडबड गर्छन्, उनीहरु यो समस्याको शिकार भएका व्यक्तिहरु हुन् ।

डिस्लेक्सिया नामक समस्याको अर्थ हो– द लाई म का रुपमा उच्चारण गर्ने समस्या, अक्षरको वाचनमा कमजोरी, पढाइमा ढिलाइ, लेखाइमा सुस्ती, गलत उच्चारण, स्मरण–शक्तिमा कमी र लामा लामा वाक्यहरु उच्चारण गर्ने र बुझ्ने क्षमताको अभाव !

डिस्लेक्सियाले ग्रस्त व्यक्तिमा देखिने यस्ता कमजोरीहरुमध्ये अर्को उल्लेखनीय पक्ष हो– कुनै शिक्षक वा अभिभावकले आज केही नयाँ कुरा सिकाउँछन् र यस्ता व्यक्तिहरुले बुझेजस्तो पनि देखिनसक्छ । तर केही समयपछि वा भोलिपल्ट नै उनीहरुले ती सबै नयाँ कुरा बिर्सिसकेका हुन्छन् ।

योसँगै देखिने अनौठो पक्ष हो– गणितका आधारभूतहरु हिसाबहरु समेत राम्ररी गर्न नसक्नेहरुलाई त्यस्ता हिसाबहरु मौखिक रुपमा सोधियो भने उनीहरुले मौखिक रुपमा सहज ढंगले तुरुन्ता तुरुन्तै जवाफ दिन सक्छन् । यसले के देखाउँछ भने उनीहरुमा केही क्षेत्रमा कमजोरी हुँदाहुँदै पनि सबल पक्षहरु पनि हुँदारहेछन्, जुन अरु सफल र सक्षम भनिएकाहरुमा नहुन सक्छ । यसबाट ग्रस्त व्यक्तिहरुमा रहेको मौखिक रुपमै छिटो जवाफ दिनसक्ने खुबीबाट थाहा हुन्छ : उनीहरुमा अरु धेरै त्यस्ता विशिष्ट खुबी, अनौठो क्षमता र विलक्षण प्रतिभा हुनसक्छन्, जुन अरुमा धेरै कम मात्रै पाइन्छन् ।

केही व्यक्तिहरुको सामान्य ज्ञानमा राम्रो दख्खल हुन्छ तर लेख्नुपर्दा भने अक्षरमा गडबड गर्न पुग्छ । केहीको चाहिँ बौद्धिकता उच्चस्तरको हुन्छ र कला वा साहित्यमा राम्रो प्रतिभा प्रदर्शन गर्नसक्ने क्षमता हुन्छ तर बोल्नुप¥यो भने कट्टुलाई टट्टु वा अरु कुनै उच्चारण गर्न पुग्छ ।

यहाँ यी समस्याहरुलाई फरक ढंगले हेर्ने हो भने एउटा आश्चर्यजनक सत्यको बोध हुनसक्छ । त्यो सत्य हो– यस्ता संकेतहरु उनीहरुमा विलक्षण प्रतिभा, अनौठो खुबी र विशिष्ट क्षमता लुकिरहेका लक्षणहरु हुनसक्छन् !

निश्चित रुपमा सिकाइमा देखिने अपाङ्गपनाको अनुसन्धान निकै जटिल छ, डिस्लेक्सिया समस्याजस्तै ! तर एउटा पक्षचाहिँ स्पष्ट छ– यो समस्याले ग्रस्त मानिसहरु बेजोडका हुनसक्छन् । किनकि डिस्लेक्सिया भनेको सिकाइको अपाङ्गपन, धेरैजसो पहिले थाहा नपाइएको, नदेखिएको अद्भूत प्रतिभा, पहिलेदेखि विद्यमान रुचि र योग्यताका साथै तत्कालीन सामाजिक वातावरणको अनौठौ गठजोड मानिन्छ ।

पक्कै पनि उनीहरुको दिमागमा अरुमा नहुने खालको अस्वाभाभिक जोडाइ र संयोजन हुन्छ, जसको परिणामस्वरुप उनीहरुमा लेख्ने, पढ्ने र गणितका समस्याहरु हल गर्ने मामिलामा कठिनाइ देखापर्छ । तर यसको अर्को पाटो पल्टाएर हेरियो भने उनीहरुमा संगीतप्रति विशेष लगाव हुनसक्छ, साहित्य रचनामा विशिष्ट प्रतिभा हुनसक्छ र सिर्जनशीलताको खुबी हुनसक्छ । हो, कलात्मकता, सहज अन्तरज्ञान, विविध खालका रंगीन सपना, गणितीय अवधारणा र संश्लेषण गर्ने क्षमता हुनसक्छन् ।

साँच्चै भन्ने हो भने विगत तीन–चार सय वर्षका प्रख्यात व्यक्तित्वहरुको जीवनमाथि गरिएको अध्ययनबाट थाहा भएको छ– धेरैजसो डिस्लेक्सिया ग्रस्तहरु बेजोडका हुनसक्छन्, उनीहरुमा विशिष्ट खुबी, अनौठो क्षमता र विलक्षण प्रतिभा निहित हुनसक्छ । ती गुणहरुलाई फलाउने–फुलाउने वातावरण भएमा उनीहरु सावार्धिक प्रतिभाशाली व्यक्तिका रुपमा विकसित भएका उदाहरणहरु बग्रेल्ती छन् ।

 

सुन्दा आश्चर्यचकित हुनेखालको वास्तविकता के हो भने मोजार्ट, लियानार्दो दा भिन्चि र हाय्न्स क्रिश्चियन एण्डर्सनसम्म पनि बाल्यावस्थामा डिस्लेक्सियाले ग्रस्त थिए । आइन्स्टाइन, नील्स बोर, बेञ्जामिन फ्रेन्कलीन, अलेक्जेण्डर ग्राहम वेल, माइकल फाराडे, वाल्ट डिस्ने र विन्स्टन चर्चिल पनि बाल्यावस्थामा यही समस्याले पीडित थिए । जोकोही पनि छक्क हुने यथार्थ के हो भने प्रिन्स चाल्र्स, अगाथा क्रिस्टी, टोनी ब्लेयर, बिल गेट्स, मोहम्मद अली अनि हलिउडका चर्चित नायक टम क्रूज स्वयं पनि सानोमा यही समस्याको शिकार भएका व्यक्तिहरु हुन् ।

सुन्दा आश्चर्यचकित हुनेखालको वास्तविकता के हो भने मोजार्ट, लियानार्दो दा भिन्चि र हाय्न्स क्रिश्चियन एण्डर्सनसम्म पनि बाल्यावस्थामा डिस्लेक्सियाले ग्रस्त थिए । आइन्स्टाइन, नील्स बोर, बेञ्जामिन फ्रेन्कलीन, अलेक्जेण्डर ग्राहम वेल, माइकल फाराडे, वाल्ट डिस्ने र विन्स्टन चर्चिल पनि बाल्यावस्थामा यही समस्याले पीडित थिए ।

जोकोही पनि छक्क हुने यथार्थ के हो भने प्रिन्स चाल्र्स, अगाथा क्रिस्टी, टोनी ब्लेयर, बिल गेट्स, मोहम्मद अली अनि हलिउडका चर्चित नायक टम क्रूज स्वयं पनि सानोमा यही समस्याको शिकार भएका व्यक्तिहरु हुन् ।

यो समस्याले ग्रस्त चर्चित व्यक्तित्वहरुको सूची लेख्दै जाने हो भने सिंगो किताब बन्नेछ । किनकि डिस्लेक्सिया एक–दुईजनालाई मात्र लाग्ने असामान्य समस्या होइन । यो कहीँ नपाइने समस्या पनि होइन ।

यो समस्याले ग्रस्त मानिसहरु विदेशमा मात्र होइन, हाम्रै देशका पनि थुप्रै छन् । भारतमा गरिएको एक अध्ययनअनुसार स्कूलमा अध्ययनरत विद्यार्थीहरुमध्ये १० प्रतिशत यसबाट ग्रस्त छन् । हामीकहाँको पनि अवस्था योभन्दा भिन्न हुन गाह्रो छ ।

 यो समस्याले गस्त व्यक्तिहरु नेपालका वा जहाँसुकैका किन नहोऊन्, तर उनीहरुमा विशेष ट्यालेन्ट हुने संभावना निकै बेसी छ, केवल त्यस ट्यालेन्टलाई चिन्नुसक्नु मात्र जरुरी छ, त्यसलाई स्वीकार्नु र मलजल गर्नु मात्र जरुरत छ । यी आवश्यकताहरु पूरा भएमा यस्ता ट्यालेन्ट भएकाहरुलाई प्रोत्साहन र प्रशंसा गर्नेजस्ता गोडमेल र मलजलको काम गर्ने मालीका हातहरु तथा उचित वातावरण भएनन् भने त्यतिकै मर्ने संभावना बेसी हुन्छ । यथार्थमा कमैमात्र यस्ता ट्यालेन्टहरु आइन्स्टाइनका रुपमा सम्पूर्ण बाधा–अड्चनहरु नाघेर आफ्ना प्रतिभाको प्रस्फुटन गर्न सक्षम हुनसक्छन् ।

यी प्रतिभा र क्षमताहरु फलाउन–फुलाउन सकिएमा नेपालमा पनि आइन्स्टाइनभन्दा ठूला वैज्ञानिकहरु, मोजार्टभन्दा उन्नत स्तरका संगीतकारहरु र चर्चिलभन्दा उच्चकोटिका राजनीतिज्ञहरु प्राप्त गर्न सकिन्छ ।

डिस्लेक्सिया ग्रस्त सबै व्यक्तिहरु मेधावी हुँदैनन्

डिस्लेक्सियाले ग्रस्त सबै व्यक्तिहरु अत्यन्तै मेधावी र विलक्षण बौद्धिकता भएका हुन्छन् भन्ने होइन । नर्थ क्यारोलिनाको विन्स्टन सालेमस्थित वेक फरेष्ट युनिभर्सिटीका न्यूरोलोजी प्रोफेसर फ्रेन्क उडको अध्ययनअनुसार साथीभाइ र घरपरिवारका सदस्यहरुसँग घुलमिल नहुने, आत्महत्याको प्रयास गर्ने र बीचैमा स्कूल छाड्ने बच्चाहरुमा डिस्लेक्सियाले ग्रस्त व्यक्तिहरुको संख्या पनि निक्कै देखिएको छ ।

डिस्लेक्सिया चिन्ने तरिका र जुध्ने उपाय

डिस्लेक्सिया भनेको त्यस्तो समस्या हो, जसबाट ग्रस्त भएको व्यक्तिलाई लेखपढ गर्नका लागि निक्कै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त व्यक्तिले सामान्य व्यक्तिले जस्तै सजिलै शब्दहरु चिन्न र पढ्न सक्दैन । यसबाट ग्रस्त विद्यार्थीलाई भाषाका अन्य रुपहरु, जस्तो ः उच्चारण गर्न, लेख्न तथा पढ्न समस्या पर्छ । अझ यसलाई पढ्न गाह्रो पर्ने समस्याका रुपमा पनि लिइन्छ । किनभने यसले गाँजेको मानिसलाई परम्परागत ढंगले पढाउने–सिकाउने वातावरणमा शैक्षिक रुपले सफलता हासिल गर्न अत्यन्तै गाह्रो हुन्छ । यो समस्या दीर्घकालीन प्र्रकृतिको हुन्छ । यसबाट पीडितहरुलाई जीवनभरि यसले पिरोलिरहन्छ । तर आशालाग्दो कुरा के छ भने यसको असरलाई मानिसको जीवनको विभिन्न चरणमा बदल्न वा कम गर्न चाहिँ अवश्य पनि सकिन्छ ।

डिस्लेक्सिया किन हुन्छ?

भन्ने कुरा अझै पत्ता लागिसकेको छैन । तर यो स्नायु प्रणालीको गडबडी तथा आनुवंशिकतासँग सम्बन्धित छ भन्ने गरिन्छ । यसको बारेमा विस्तृत रुपमा थाहा पाउनका लागि लामो समयदेखि अनुसन्धान भइरहेको छ । यसै क्रममा अनुसन्धानकर्ताहरुले के पत्ता लगाएका छन् भने यो  समस्याको गुदी अक्षरहरुमा भन्दा पनि मस्तिष्कको जैविक संरचनामा हुने गडबडीमा रहेको छ । पहिले पहिले यसबाट ग्रस्त व्यक्तिको मस्तिष्कमा खराबी हुने अनुमान गरिन्थ्यो । तर  पछिल्ला अनुसन्धानहरुबाट के पत्ता लागेको छ भने उनीहरुको मस्तिष्कमा कुनै खराबी भएको हुँदैन । अत्याधुनिक यन्त्रहरुको सहायताले गरिएको मस्तिष्कका अध्ययनहरुले के देखाएका छन् भने उनीहरुको मस्तिष्कको सेरेब्रुमहरु (Cerebrums)  केही अपवादलाई छाडेर शतप्रतिशत सामान्य र ठीकठाक अवस्थामा हुन्छन् । पछिल्ला वैज्ञानिक तथ्यहरुअनुसार, डिस्लेक्सिया मस्तिष्कको खराबीको कारणले हैन, बरु मस्तिष्कको स्नायुतन्त्रको जालोमा हुने सामान्य प्रकृतिको गडबडीले गर्दा हुन्छ, जसले गर्दा यस्ता व्यक्तिहरुलाई पढ्न निक्कै गाह्रो हुन्छ ।

शारीरिक एवं मस्तिष्कको एक्स–रे, एमआरआई, सिटीस्क्यान लगायतका अत्याधुनिक मेशिनहरुद्वारा गरिने छायाँगत अध्ययनहरु (Imagery studies) ले उनीहरुको मस्तिष्कको विकास र कार्य भिन्नै ढंगले हुने गरेको देखाएका छन् । सामान्य व्यक्तिको तुलनामा उनीहरुको मस्तिष्कको बेग्लै भागले सूचनाहरुको विश्लेषण गर्ने गर्छ । यसबाहेक उनीहरुमा खास अक्षरलाई प्रतिविम्बित गर्ने स्वरलाई उच्चारण गर्नमा गाह्रो हुने गरेको पनि छ । यो नै उनीहरुमा हुने पढाइसम्बन्धी कठिनाइको एउटा प्रमुख कारण पनि हो । ध्यान दिनैपर्ने कुरा के छ भने यो समस्या बौद्धिकता वा पढाइसम्बन्धी रुचिको कारणले पटक्कै हुने होइन । त्यसैले एउटा विशेष एवं उचित किसिमले अध्ययन–अध्यापन गराउने हो भने उनीहरुले पनि सफलतापूर्वक पढाइ गर्न सक्छन् । अनुसन्धानकर्ताहरु त कतिसम्म विश्वास गर्छन् भने समस्याको शुरुवाततिरै उचित र विशेष किसिमको निर्देशन एवं प्रशिक्षणहरु दिइने हो  भने उनीहरुको मस्तिष्कको स्नायुतन्त्रको जालोमा हुने खराबीलाई पनि मस्तिष्कले स्थायी रुपमा सच्याउन सक्छ, जसले गर्दा उनीहरु  डिस्लेक्सियाबाट पूर्ण रुपमा मुक्त हुन पनि सक्छन् ।

मूलतः पढाइसम्बन्धी कठिनाइ हुने समस्याको रुपमा रहेको डिस्लेक्सियासम्बन्धी अध्ययन–हरुबाट के अनुमान गरिएको छ भने अमेरिकामा प्रत्येक ५ जना स्कुले बच्चाहरुमध्ये १ जनामा पढाइसम्बन्धी गडबडी रहेको छ । जापानमा पनि ५ प्रतिशत स्कुले बच्चाहरुमा यो समस्या रहेको अनुमान गरिएको छ ।

मूलतः पढाइसम्बन्धी कठिनाइ हुने समस्याको रुपमा रहेको डिस्लेक्सियासम्बन्धी अध्ययन–हरुबाट के अनुमान गरिएको छ भने अमेरिकामा प्रत्येक ५ जना स्कुले बच्चाहरुमध्ये १ जनामा पढाइसम्बन्धी गडबडी रहेको छ । जापानमा पनि ५ प्रतिशत स्कुले बच्चाहरुमा यो समस्या रहेको  अनुमान गरिएको छ । विभिन्न अध्ययनहरुअनुसार विश्वको जनसंख्यामा १५ देखि २० प्रतिशतसम्म हिस्सा पढाइसम्बन्धी अपांगपन (reading disability) ले ग्रस्त छ । तीमध्ये पनि ८५ प्रतिशत जति चाहिँ डिस्लेक्सिया समस्याले ग्रस्त छन् । यसको अर्थ पढाइसम्बन्धी असक्षमता वा अपांगपन हुनु नै मात्र चाहिँ डिस्लेक्सिया समस्याले ग्रस्त हुनु होइन । रोचक कुरा त के छ भने यो समस्या सबै पृष्ठभूमि एवं बौद्धिक तहका मानिसहरुमा समान रुपले देखिएको छ । यसले महिला वा पुरुष दुबैलाई करिब करिब समान रुपले ग्रस्त पारेको छ । र, यो एउटा परिवारबाट अर्को परिवारमा सर्ने गरेको समेत पाइएको छ । परिवारमा मूलीलाई डिस्लेक्सिया छ भने उसको कुनै न कुनै सन्तानमा पनि यो समस्या हुने संभावना बेसी रहन्छ । केही मानिसहरुमा मात्रै समस्याको शुरुवातको चरणमा यो समस्याले ग्रस्त रहेको भन्ने कुरा ठम्याउन सकिन्छ । अधिकांशमा चाहिँ यो समस्या पहिचान नै नभई निक्कै लामो समयसम्म रहन्छ । उनीहरु वृद्ध होउन्जेलसम्म पनि यो समस्याको रुपमा रहन सक्छ । अझै रोचक त के छ भने विलक्षण प्रतिभा भएका व्यक्तिहरु नै पनि यसबाट ग्रस्त रहेका हुनसक्छन् । किनभने यस्ता व्यक्तिहरु खास खास क्षेत्रहरु, जस्तै कम्प्यूटर, डिजाइन, विज्ञान, नाटक, इलेक्ट्रोनिक्स, गणित, मेकानिक्स, संगीत, खेलकूद आदि क्षेत्रमा यति प्रतिभासम्पन्न हुन्छन् कि उनीहरुलाई भाषासम्बन्धी विशेष ज्ञानको जरुरत नै पर्दैन ।

यस समस्याको असर व्यक्ति तथा यसको अवस्थाको गाम्भीर्यता तथा यसको उपचारको सम्बन्धमा हेर्ने दृष्टिकोणमा निर्भर गर्दछ । तर पनि यस समस्याको आम असर भनेको चाहिँ पढ्न, उच्चारण गर्न तथा लेख्नमा देखापर्ने समस्या नै हो । यसबाट ग्रस्त केही व्यक्तिहरुमा चाहिँ प्रारम्भिक लेखपढ तथा उच्चारणमा समस्या देखिँदैन तर जब व्याकरण, पाठ्यपुस्तकका सामग्रीहरु याद गर्नुपर्ने तथा लामा लामा निबन्धहरु लेख्नुपर्नेजस्ता अलि गम्भीर र गहन खालको भाषिक दक्षताको खाँचो पर्छ, त्यसबेला चाहिँ उनीहरुलाई ठूलो समस्या पर्ने गर्छ ।

यसबाट ग्रस्त व्यक्तिलाई बोल्नका लागि पनि कठिनाइ हुन सक्छ । उनीहरुले कुनै पनि कुरालाई उच्चारण गर्न वा आफ्नो भनाइ अरुले समेत प्रष्टसँग बुझ्ने गरी राख्न समस्या पर्न सक्छ । बोल्दा भकभकिनु पनि यसैको उदाहरण हो । यस्तो भाषिक समस्या कहिलेकाहीँ पत्ता लगाउन गाह्रो पर्छ, तर यसले स्कुल, कार्यक्षेत्र तथा अरु मानिससँगको कुराकानीमा निक्कै ठूलो समस्या खडा गर्न सक्छ । र, समस्याको असर स्कुलको कक्षाकोठाभन्दा बाहिरसम्म फैलिन जान्छ ।

डिस्लेक्सियाको अर्थ के होइन भने यसबाट ग्रस्त व्यक्तिहरुले कुनै पनि अक्षर चिन्नै सक्दैनन् वा त्यसलाई बोलेर सुनाउनै सक्दैनन् । उनीहरुले पनि अक्षर चिन्न र बोलेर सुनाउन सक्छन् । तर उनीहरुले सधैँ समान रुपले त्यस्ता अक्षरलाई चिन्न वा बोलेर सुनाउन सक्दैनन् । अचम्म त के छ भने उनीहरुले लामा र कठिन शब्दहरु चाहिँ कहिलेकाहीँ सजिलै भन्न सक्छन् तर अति सजिला वाक्यहरु भन्न पनि उनीहरुलाई कुनै कुनै बेला कठिनाइ हुने गर्छ । उदाहरणका लागि, उनीहरु विद्युततरंग शब्दलाई सजिलै उच्चारण गर्न सक्छन् तर चार या वर्ष जस्ता अति साधारण शब्द उच्चारण गर्न चाहिँ कहिलेकाहीँ उनीहरुलाई हम्मे हम्मे पर्न जान्छ ।

हो, पढाइमा हुने यो गडबडी पनि डिस्लेक्सियाको एउटा प्रमुख संकेत हो । यो समस्याले उनीहरुको स्कुले जीवनको पढाइमा निक्कै समस्या खडा गर्न सक्छ । यसले गर्दा ती व्यक्तिको स्कुलको पढाइमा बाधा आउने मात्र होइन, साथीभाइको गिज्याइ वा आफूले शब्दको राम्ररी उच्चारण गर्न नसकेको, पढ्न नजानेको जस्तो महसूस गराइले उनीहरुलाई हीनता एवं नैराश्यताको खाडलमा धकेल्न सक्छ । तर उनीहरुमा हेक्का राख्नुपर्ने कुरा के हो भने पढाइको गडबडी हुनुको अर्थ उनीहरु पढ्नै नसक्ने वा जीवनमा केही गर्नै नसक्ने बुद्धू र मन्दबुद्धिका व्यक्ति नै हुन् भन्ने कुरा पक्कै होइन । बरु उनीहरुमध्ये अधिकांश व्यक्तिहरु एउटा सामान्य अवस्थाका व्यक्तिभन्दा बौद्धिक रुपमा निक्कै प्रखर र प्रतिभाशाली हुने गरेको पनि देखिएको छ ।

विश्वप्रसिद्ध कलाकारहरु, वैज्ञानिकहरु, व्यवसायिक संस्थाहरुका प्रमुखहरुमा डिस्लेक्सियाले ग्रस्तहरुको संख्या निक्कै बढी छ । वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु के विश्वास गर्छन् भने उनीहरुको यो सफलताको कुँजी पक्कै पनि उनीहरुको मस्तिष्कको स्नायुतन्त्रको जालो फरक ढंगले अवस्थित रहेको हुनु (Wired differently) नै हुनुपर्छ । उनीहरुले सामान्यतः अरुद्वारा नसोचिएको फरक ढंगले समस्यालाई हेर्ने, सोच्ने र विश्लेषण गर्ने गर्छन् ।

कतिसम्म भने विश्वप्रसिद्ध कलाकारहरु, वैज्ञानिकहरु, व्यवसायिक संस्थाहरुका प्रमुखहरुमा डिस्लेक्सियाले ग्रस्तहरुको संख्या निक्कै बढी छ । वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु के विश्वास गर्छन् भने उनीहरुको यो सफलताको कुँजी पक्कै पनि उनीहरुको मस्तिष्कको स्नायुतन्त्रको जालो फरक ढंगले अवस्थित रहेको हुनु (Wired differently) नै हुनुपर्छ । उनीहरुले  सामान्यतः अरुद्वारा नसोचिएको फरक ढंगले समस्यालाई हेर्ने, सोच्ने र विश्लेषण गर्ने गर्छन् । यसो हुनुको अर्को कारण चाहिँ उनीहरुले लेखपढ गर्नका लागि औसत व्यक्तिभन्दा निक्कै गहन तयारी र संघर्ष गर्नु परेकाले पनि हुन सक्छ । त्यसै क्रममा उनीहरुले हरेक समस्या र चुनौतीहरु सामना गर्न विशेष र गहन तयारी एवं संघर्ष गर्ने गर्छन्, जुन उनीहरुको सफलताको एउटा कुँजी पनि हुन सक्छ ।

जुध्ने उपाय

यो कुनै रोग होइन, समस्या मात्र हो । र, यो समस्या व्यक्तिको जीवनभरि रहन सक्छ । उचित भरथेग, मद्दत र वातावरण पाएमा उनीहरुले पनि राम्ररी लेखपढ गर्न सक्छन् । यो समस्याको जति चाँडो पहिचान गर्न सकिन्छ, त्यति नै व्यक्तिको स्कूल र जीवनमा सहज तुल्याउन सकिन्छ । आवश्यकता भनेको फेरि पनि सबैको चासो, चिन्ता र चिन्तनसँगै सक्रियतामात्रै हो ।

त्यस्तै उनीहरुको विशेष पढाइको व्यवस्था गर्न र उनीहरुमाथिको अनुचित तथा गैरकानूनी शोषण रोक्नका लागि कानूनी रुपमा नै विशेष व्यवस्था समेत गर्न‘ जरुरी  छ । सबैभन्दा महत्वपूर्ण उपचार भनेको त उनीहरु स्वयंको आत्मविश्वास र दृढताको विकास हो । र, आफ्ना खुबी, क्षमता र प्रतिभाहरुको पहिचान गरी त्यसलाई फलाउने–फुलाउने निरन्तरको प्रयास यस समस्यासँग जुध्ने अचुक औषधी हो ।

के तपाईंहरुलाई पनि आफूहरु डिस्लेक्सियाले ग्रस्त छौंजस्तो लाग्छ ? लाग्छ भने तपाईंले पनि आइन्स्टाइनको शैलीमा भन्ने आँट गर्नैपर्छ : ‘हिम्मत कहिल्यै नहारौं !’ संसार र आफूलाई फेर्नका लागि अत्यावश्यक पक्ष हो– हिम्मत र भिजन (दृष्टि) । हामीलाई थाहा छ, तपाईहरुसँग यी दुवै तत्व छन् ।

स्रोतः The International Dyslexia Association (IDA)को वेभसाइट र अन्य विभिन्न वेभसाइटहरुमा राखिएका तथा ‘टाइम’ लगायतका पत्रपत्रिकामा प्रकाशित डिस्लेक्सियासम्बन्धी सामग्रीहरु ।

 

डिस्लेक्सियाग्रस्त केही विश्वचर्चित व्यक्तित्वहरु

इतिहासको पाना पल्टाएर हेरियो भने त्यस्ता धेरै विलक्षण प्रतिभाशाली व्यक्तिहरु फेला पर्छन्, जसले सानोमा लेखपढ गर्न सिक्न सकेका थिएनन् । त्यसैले उनीहरुलाई पनि बुद्धू, लोसे, काम नलाग्ने भनेर बेवास्ता गर्ने र हेलाहोचो गर्ने काम गरिएको थियो । तर उनै व्यक्तिहरुले सद्दे भनिएका, टाठाबाठा ठानिएकाहरुले पनि गर्न नसक्ने काम गरेर देखाएका थिए । र, प्रमाणित गरेका थिए– सानोमा चाहेर पनि लेखपढ गर्न नसके पनि, पढाएको कुरा राम्ररी टिप्न नसके पनि उनीहरुभित्र संसारलाई बदल्ने प्रतिभा हुन सक्छ ।

आउनुहोस्, त्यस्ता केही विलक्षण प्रतिभाहरुका बारेमा चर्चा गरौं, जसले डिस्लेक्सियाले पीडित हुँदाहुँदै पनि यसलाई आफ्नो प्रतिभाको बाधक बन्न दिएनन् र सफलताको शिखर टेकेरै छाडे ।

लियोनार्दो दा भिन्ची

भिन्ची ! सम्भवतः मानवजातिकै सबैभन्दा विलक्षण प्रतिभा र क्षमता सम्पन्न व्यक्तित्व । अद्वितीय चित्रकार, मूर्तिकार, वास्तुविद्, वैज्ञानिक, गणितज्ञ, शरीरविज्ञानी, जीवविज्ञानी, खगोलविद्, भूगर्भविद्, इन्जिनियर, कलाकार, संगीतकार, दार्शनिक भविष्यद्रष्टा ! यस्ता अरु थप थुप्रै थुप्रै विशेषणहरुले सुशोभित गर्दा पनि अन्यथा नलाग्ने महानायक !

सन् १४५२ मा जन्मेका यी नायकलाई बाल्यकालमा नै चित्रकला सिक्नका लागि फ्लोरेन्स शहर पठाइएको थियो । त्यहाँ उनले निक्कै चाँडो परम्परागत एवं त्यसबेला प्रचलित कलाभन्दा निक्कै भिन्नै आफ्नै कलात्मक शैलीलाई विकसित गरेका थिए ।

चित्रकलाबाहेक भिन्चीले आफूलाई प्रकृतिका रहस्यहरु खोतलखातल गर्न समर्पित गरेका थिए । उनले विज्ञान र प्रविधिको क्षेत्रमा दिएको योगदान तथा उनले देखेका सपनाहरु निक्कै घतलाग्दा मात्र छैनन्, मानव जीवनलाई नै दिशाबोध गर्ने खालका पनि रहेका छन् ।

अचम्मको कुरा, त्यस्ता प्रतिभा भएका भिन्ची पनि डिस्लेक्सियाबाट पीडित थिए भन्ने आशंका अनुसन्धानकर्ताहरुले गरेका छन् । उनका रचनाहरु, लेखाइहरुको अध्ययन गर्ने क्रममा उनीहरुले के पाएका छन् भने भिन्ची लेखपढसम्बन्धी विभिन्न किसिमका समस्याहरु (डिस्लेक्सिया) का साथसाथै खास विषयमा एकाग्र भएर ध्यान केन्द्रित गर्न नसक्ने समस्याबाट पनि पीडित थिए ।

उनको लेखाइ सामान्यभन्दा भिन्नै, पछाडिबाट अगाडितिर लेखिएका, त्यो पनि सुल्टो नभएर उल्टो लेखिएको पनि पाइएको छ । यसले उनी डिस्लेक्सिया पीडित थिए भन्ने आशंकालाई पुष्टि गर्छ । उनको लेखनमा रहेका गल्तीहरुले पनि उनी डिस्लेक्सिया पीडितहरुमा हुने भाषासम्बन्धी समस्याले ग्रस्त थिए भन्ने देखिन्छ । त्यस्तै उनले आफ्ना धेरै योजनाहरु थालेका त थिए तर ती पूरा गर्नेतर्फ उनले खासै ध्यान दिएका थिएनन् । यसबाट अनुसन्धान–कर्ताहरुले के निष्कर्ष निकालेका छन् भने उनमा काममा एकाग्रता गर्न नसक्ने समस्या पनि थियो ।

वास्तविकता जे भएपनि उनले आफ्नो प्रतिभा र क्षमतामा त्यस समस्यालाई कहिल्यै बाधक बन्न दिएनन् । सम्भवतः त्यसैको नतिजा हो– आजसम्म पनि उनको जोडामा उभ्याउन सकिने कोही पनि पैदा भएका छैनन् ।

पाब्लो पिकासो

विश्व चित्रकलाको इतिहासमा सबैभन्दा अमर पात्रहरुमध्येका एक पाब्लो पिकासोको नाम नसुन्ने नाम सायदै होला । सन् १८८१ मा स्पेनको मालागामा जन्मेका पिकासो डिस्लेक्सियाको समस्याले पीडित थिए ।

उनलाई स्थानीय पारोचियल स्कुलमा भर्ना गरिएको थियो तर उनलाई आफ्नो पढाइ अगाडि बढाउन निक्कै गाह्रो पथ्र्यो । विशेषतः अक्षरहरु चिन्नका लागि उनलाई मुस्किल पथ्र्यो । त्यसैले उनलाई कक्षा कोठामा बुद्धू र लोसे भनेर गिज्याइन्थ्यो । वास्तवमा उनी बुद्धू थिएनन्, खालि डिस्लेक्सियाका कारणले मात्र उनलाई लेखपढ गर्न गाह्रो थियो । त्यसैले उनले जेनतेन आफ्नो स्कुले पाठ्यक्रम त पूरा गरे । उनका लागि स्कुले जीवन निक्कै कष्टसाध्य रह्यो । र, उनले आफ्नो जीवनमा स्कुलको अध्ययनको खासै उपयोग पनि गर्न सकेनन् ।

उनका पिता मालागामा चित्रकला सिकाउँथे । छोरालाई अध्ययन गर्न कठिनाइ भएको देखेर उनले पिकासोलाई चित्रकलाको कक्षामा सहभागी हुन प्रेरित गरे । पिताको प्रोत्साहन र प्रेरणामा उनी १८९२ मा कला स्कुलमा भर्ना भए । त्यहाँ पनि डिस्लेक्सियाको समस्याले उनले निक्कै कठिनाइ त झेल्नुपर्यो तर औपचारिक स्कुलहरुमा जस्तो किताबको अध्ययनमा मात्र सीमित हुनु नपर्ने भएकोले केही सहज भयो । छिट्टै नै चित्रकलामा उनको प्रतिभा देखापर्यो ।

यही समस्याले गर्दा लेखपढ गर्न नसकेकै कारण उनले सानैमा आफूभित्र अरु मानिसहरु कस्तो देखिन चाहन्छन् र त्यसलाई अरुले कसरी हेर्छन् भन्ने थाहा पाउने अद्भूत क्षमता विकसित गरे । आफ्नो चित्रकलाको यात्राको क्रममा उनले कला सौन्दर्यका विशिष्ट चेत र शैली निर्माण गरे । कलालाई नयाँ आयाम दिएका पिकासोको जीवनले प्रमाणित गर्छ– यो समस्या हुँदैमा, लेखपढ गर्न नजान्दैमा कोही बुद्धू हुन सक्दैन ।

थोमस अल्वा एडिसन

हज्जारौं आविष्कारहरु गर्ने थोमस एल्वा एडिसनको नाम नसुन्ने सायदै होलान् । तर धेरै कमलाई मात्रै थाहा होला, विलक्षण प्रतिभा भएका यी वैज्ञानिक एवं महान आविष्कारक पनि डिस्लेक्सिया पीडित थिए भन्ने कुरा । र, त्यही कारण नलाई स्कूलबाट समेत निकालिएको थियो भन्ने तथ्य ।

हो, अहिले महान वैज्ञानिकका रुपमा सम्मानित व्यक्तित्व एडिसनलाई १२ वर्षको छँदा बूद्धू ठानेर स्कूलबाटै निकालिएको थियो । उनी हिसाबमा लद्धू थिए, पढाइमा बोधो थिए, शब्द उच्चारण गर्न र बोल्न उनलाई निक्कै कठिन थियो । त्यसैले शिक्षकहरु उनलाई गाली गर्थे । साथीभाइहरु गिज्याउँथे । तर लेखपढ बाहेक अरु कुरामा भने उनी निक्कै प्रतिभाशाली विद्यार्थीमा गनिन्थे ।

सन् १८६०–७० को दशकमा विद्युत–विज्ञान शुरुमात्रै भएको थियो । त्यसैले उनी त्यससम्बन्धी ताजा विकासक्रमहरुमा निक्कै चासो राख्ने गर्थे । विज्ञानको क्षेत्रमा भएका ताजा विकास तथा प्रगतिसम्बन्धी खबर तथा अध्ययन रिपोर्टहरुका गहन अध्येताहरुमध्येका एक थिए– एडिसन । उनी आफै पनि बेलाबेलामा लेखहरु छपाउने गर्थे । उनी कडा मेहनत गर्थे र काममा डुबेरै लागिपर्थे । त्यसैले उनी हज्जारौं आविष्कारहरु गर्न सफल भए । तीमध्ये १ हजार ९३ वटा त उनले पेटेन्ट नै गराए । उनकै आविष्कारको जगमा आजको आधुनिक विज्ञान उभिएको छ ।

उनको सफल जीवनले भन्छ– प्रतिभा र क्षमतालाई यो समस्याले रत्तिभर पनि छेक्न सक्दैन ।

टम क्रुज

विश्व चलचित्रको राजधानी मानिने हलिउडमा एक्सन फिल्मका चर्चित नायकहरुमध्येका एक हुन्–टम क्रुज । उनले अभिनय गरेका चलचित्र हेर्दा अनि उनले कमाएको ख्याति देख्दा कोहीले पनि अनुमान गर्न सक्दैनन्, यी चर्चित कलाकार पनि डिस्लेक्सियाले ग्रस्त थिए भन्ने कुरा ।

उनको बाल्यकाल निकै संघर्षमय थियो । उनको परिवार गरीव थियो, त्यसैले कामको खोजीमा आफ्ना पिताको दौडधूपसँगै उनको जीवन पनि चलायमान थियो । त्यसैले उनले कुनै पनि स्कुलमा लामो समयसम्म पढ्न पाएनन् । त्यसमाथि थप उनी आफ्नी आमाजस्तै डिस्लेक्सियाले पीडित थिए ।

त्यसैले स्कूलमा लेखपढमा कमजोर भएकाले उनलाई सुधार गर्ने खालका कक्षाहरुमा राखिने गरिन्थ्यो । लेख्दा उनी दाहिने हात प्रयोग गर्ने गर्थे । तर दैनिक जीवनका अधिकांश कामहरु चाहिँ उनी देब्रे हातले गर्थे । राम्ररी लेखपढ गर्न नसक्दा, अरुबाट दया र हेला भोग्नु पर्दा उनको कलिलो मनमा निक्कै चोट पथ्र्यो । त्यसैले उनले आफ्नो अध्ययनलाई राम्ररी अगाडि बढाउन सकेनन् ।

अध्ययनमा असफल भएपछि उनले एथलेटिक्समा आफूलाई केन्द्रित गरे । तर घुँडामा लागेको चोटले खेलकूदलाई जीवनयापनको बाटो बनाउने उनको सपना पनि चकनाचुर भयो ।

त्यसपछि उनले एक वर्षसम्म एउटा फ्रान्सिसकन गुम्बामा पनि बिताए तर उनको जीवनको लक्ष्य लामा वा पुजारी बन्ने थिएन । हाइस्कूलमा अध्ययन गर्दा उनले निक्कै नाटकहरुमा भाग लिएका थिए । त्यसैले आफ्नी प्यारी आमाको प्रोत्साहन र समर्थनमा उनले अभिनय कलालाई आफ्नो करियर बनाउने लक्ष्य लिए । र, आफ्नो सम्पूर्ण शक्तिलाई अभिनयमा केन्द्रित गरे ।

त्यसैको प्रतिफल अहिले उनी हलिउडका सबैभन्दा सफल कलाकारहरुमध्येका एक हुन सफल भए । उनले आफ्नो करियरमा आफ्नो डिस्लेक्सियाको समस्या, अध्ययनसम्बन्धी कमजोरीलाई कहिल्यै बाधक बन्न दिएनन् ।

रिचर्ड ब्रान्सन

बेलायतका चर्चित उद्योगपतिहरुमध्येका एउटा नाम हो– रिचर्ड ब्रान्सन । उनी लण्डनमा मुख्यालय रहेको भर्जिन समूहका संस्थापक हुन् । तर यस्ता सफल उद्योगपतिको स्कूले जीवन चाहिँ एउटा डरलाग्दो सपनाभन्दा कम थिएन । डिस्लेक्सियाले पीडित रिचर्डले स्कुले परीक्षाहरुमा ल्याउने नतिजा अत्यन्तै निराशाजनक हुन्थ्यो । त्यसैले सबैजना उनलाई बुद्धू र मन्दबुद्धि भएका बालक भनी हेलाहोचो गर्थे, अनि उनको भविष्य निक्कै आशाजनक छैन भनी गाली गर्थे, हतोत्साहित तुल्याउँथे । डिस्लेक्सियाकै कारण लेखपढ गर्न नसकेर, अरुका भनाइहरु खाएर उनी सबैका सामु दिनहुँ लज्जित हुन्थे । यसले गर्दा उनलाई अध्ययन अगाडि बढाउन निक्कै कठिनाइ भयो ।

उनका शिक्षकहरुले उनको क्षमतालाई कहिल्यै चिन्न सकेनन् । उनीसँग अरु व्यक्तिहरुलाई भेटेर कुराकानी गर्न सक्ने क्षमता थियो, मानिसहरुको खुबीलाई आँकलन गर्ने शक्ति थियो, जुन कसैले ठम्याउन सकेनन् । यीे क्षमताहरुबारे धेरैले त्यसबेला मात्रै थाहा पाए, जब निराश र हतोत्साही बनेका रिचर्डले जोनी जेम्स नामक विद्यार्थी साथीसँग मिलेर विद्यार्थीसम्बन्धी पत्रिका निकाल्न थाले । उनको पत्रिकाले निक्कै सफलता र प्रशंसा पायो । त्यसैले उनको जीवनको सफलताको खुड्किला पनि निर्माण गर्यो ।

उनले आफूमा रहेको डिस्लेक्सियाको समस्यालाई जीवनमा बाधक बन्न दिएनन् । राम्रो लेखपढ गर्न नसके पनि उनले आफ्नो क्षमतालाई प्रष्फुटित गरे, जसले गर्दा उनले सबै कठिनाइहरुलाई जित्न सके । र, अन्ततः औद्योगिक राष्ट्रहरुमध्येकै अग्रणी बेलायतका अग्रणी उद्योगपति बन्न सफल भए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ