शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध रुपमा तस्करी गरेको सुनसहित २ जना पक्राउ

शुक्रबार, २५ माघ २०७५, १७ : २७
शुक्रबार, २५ माघ २०७५

काठमाडौं । प्रहरीले अवैध रुपमा सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी भर भएका २० वर्षीय सन्तोस यादव र धनुषा घर भएका २५ वर्षीय समिफ साफी रहेका छन् । 

वैदेशिक रोगारीको सिलसिलामा विदेश गएका कामदारहरुलाई प्रयोग गरी विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी गर्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

तिलगंगास्थित बसपार्कमा बतारबाट आएका व्यक्तिहरु उपर शंका लागि उनीहरुलाई खानतलासी गर्दा ५०÷५० ग्राम तौल भएका सुनका ७ थान बाला अर्थात ३५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप