शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा नेपालीहरुको परिवार पुनर्मिलनका लागि कूटनीतिक पहल सुरु

शुक्रबार, २५ माघ २०७५, १५ : १५
शुक्रबार, २५ माघ २०७५

स्पेन– स्पेनस्थित नेपाली राजदूतावासले आप्रवासी नेपालीहरुको परिवार पुनर्मिलनका लागि कूटनीतिक पहल थालेको छ । स्पेनको दिल्ली दूतावासबाट भिसा सहज बनाई दिन कूटनीतिक पहल भएको सुरु भएको हो । 

स्पेनमा बसोबास गर्ने नेपालीहरुले लामो समयदेखि भोग्दै आएको समस्याहरुलाई तत्काल समाधान गर्ने विषयमा कूटनीतिक स्तरमा छलफल भएको कार्याबहाक राजदूत हरिहरकान्त पौडेलले रातोपाटीलाई बताए । 
पौडेलले भने, ‘दिल्ली दूतावासले कागजपत्रमा अनावश्यक दुःख दिने गरेको स्पेनका नेपालीहरुको दूतावासमा धेरै गुनासो बढेपछि स्पेन सरकारको परराष्ट्र मन्त्रालयका दक्षिण र पूर्वी एसियाका उपनिर्देशक पिलार मेन्देज जिमानेजसँग छलफल भएको छ ।

उक्त समस्या समाधानका लागि दिल्ली दूतावासलाई सहज गरिदिन निर्देशन दिने आश्वासन समेत प्राप्त भएको छ ।’ नेपाली जनसम्र्पक समिति स्पेनका उपाध्यक्ष रामबावु सापकोटाले भने नेपाली दूतावास स्थापना त भएको तर परिवार पुनर्मिलन तथा आफ्नो अभिभावक (बाआमा) ल्याउन स्पेन सरकारले गरे पनि दिल्ली दूतावासले अनावश्यक दुःख दिने गरेको बताए । 

त्यस्तै, अर्का स्थानीय व्यवसायी तथा तत्कालीन प्रवासी नेपाली मञ्च म्याड्रिड क्षेत्रीय अध्यक्ष शिवराज सिग्देलले भने, ‘स्पेनमा नेपाली दूतावास भएको नेपालीहरुले प्रत्याभूति गर्न पाएका छैनौ, त्यसैले अब केही सकारात्मक कामको थालनी हुन लागेको संकेत देखा परेको छ ।’

यता कावा राजदूत पौडेलले भने स्पेन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने र दुई राष्ट्रको उच्चस्तरीय सरकारको भ्रमण बारेमा समेत छलफल भएको बताए । बुधबारनै उद्योग तथा पर्यटन, लगानी मन्त्रालयका उपनिर्देशक मारिया अपारिसिसँग नेपालमा लगानी सम्बन्धमा छलफल भएको थियो ।

मार्च २९ र ३० मा नेपालको काठमाडौंस्थित नेपाल लगानी सम्मेलन २०१९ मा स्पेनको सरकारी तथा गैरसरकारी र निजी कम्पनीहरुलाई सक्रियताका साथ सहभागि गराउने विषयमा छलफल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप