शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बझाङका उच्च भेगमा हिमपातसँगै वन्यजन्तुको शिकार बढ्यो

शुक्रबार, २५ माघ २०७५, १३ : ५२
शुक्रबार, २५ माघ २०७५

–सम्राट सिंह
बझाङ–बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । बिहिबारदेखि अविरल बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । लगातार हिमपात हुँदा उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाका २ वटा नगरपालिका र १० वटै गाउँपालिकाका उच्च भागमा हिमपात भएपछि  मानिसहरु आगो बालेर बसेका र वस्तुभाउ पनि गोठ भित्रै थुनिएका मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । उनका अनुसार अहिले पनि हिमपात जारीनै रहेको छ । गत बर्षभन्दा हप्तै पिच्छे हिमपात हुन थालेपछि जनजीवन निकै कष्टकर बनेको छ । 

उच्च लेकाली भेगमा हिमपात भएपछि चिसोका कारण बन्यजन्तुहरु बस्तीतिर झर्ने गरेका कारण जिल्लामा चोरी शिकार गर्नेहरुको संख्या बढेको छ । शिकार गरी डाँफे, कालिज, घोरल, बँदेल, रतुवा र मृग लगायतका वन्यजन्तुको मासु सदरमुकाम चैनपुरमै बिक्री भइरहेको स्थानीय व्यापारीहरु बताउँदै आएका छन् । 

शिकारीले डाँफे २ हजारदेखि ३ हजारसम्म, कालिज १५ सयदेखि २५ सयसम्म र अन्यको प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । चैनपुर बजारमा नै वन्यजन्तुको मासु बिक्री हुने गरेको खबर आफुलाई पनि आएको बताउँदै जिल्ला वन कार्यालयका प्रमुख कृष्ण न्यौपानेले सुचना पाप्त नहुँदा चोरी शिकारी गर्ने व्यक्ति पक्राउ गर्न समस्या भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप