बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रिटी क्यामरा अगाडि हट देखिन सक्छन् तर हेरौं उनीहरुका गोप्य तस्बिर

शुक्रबार, २५ माघ २०७५, १० : १३
शुक्रबार, २५ माघ २०७५

हामीले अनस्क्रिन देख्ने सेलिब्रिटी अफस्क्रिनमा पनि त्यस्तै देखिन्छन् भन्ने छैन । अनस्क्रिनमा खत्रा देखिन उनीहरुले छालाका विभिन्न समस्या छोप्न मेकअप, कन्टोर इत्यादि प्रयोग गर्छन् । यहाँ हामी यस्ता १२ सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो स्क्रिनमा भन्दा निकै फरक देखिन्छन् ।

डेमी लोभाटोः

डेमीलाई बाटोमा भेट्नेहरु निकै खुसी हुन्छन् होला, किनभने उनी मेकअपमा र मेकअपबिनाको दुबै अवस्थामा निकै सुन्दर देखिन्छिन् । यी सुन्दर नायिकाले आफ्नो पहिलो ब्रेक डिज्ने च्यानलको ‘क्याम्प रक’ मा पाएकी हुन् । अहिले उनी आफ्नो सफल सांगीतिक करियरमा रमाइरहेकी छिन् । सन् २००९ देखि उनका पाँचवटा एल्बम सार्वजनिक भइसकेका छन् ।

केटी पेरीः

केटी पेरीलाई मेकअपबिना चिन्न मुक्किलै पर्छ । उनी अमेरिकन आइडलकी जज हुन् र अवार्ड जितिसकेकी पप गायिका । उनको दोस्रो एल्बम ‘वान अफ द ब्वाइज’ ले उनलाई अत्यधिक चर्चित बनायो । आफ्नो ग्ल्यामरका लागि उनले अत्यधिक मेकअपको प्रयोग गर्छिन् ।

जेनिफर लरेन्सः

जेनिफर हलिउडकी सर्वाधिक कमाई गर्ने नायिकामध्येकी एक हुन् । उनी आफ्नो मेकअपबिना केही पनि गर्न रुचाउँदिनन् । उनी चर्चित हुनुको पछाडि उनको उत्कृष्ट अभिनय कला र स्टाइलिसद्वारा सुक्ष्म ढङ्गले गरिएको मेकअप पनि कारण छ ।

क्याथी ग्रिफिनः

रियालिटी शो ‘क्याथी ग्रिफिनः माई लाइफ अन द डि–लिस्ट’ की क्याथी ग्रिफिन मेकअपबिना डरलाग्दी मात्र देख्दिनन्, उनलाई यो बिना चिन्न नै गाह्रो हुन्छ । ग्रिफिन सन् १९७८ मा अभिनय पढ्न न्यूयोर्क झरेकी थिइन् । न्यूयोर्कमा बस्दा उनी ‘द ग्राउन्डिङ’ की सदस्य भइन् । उनी विभिन्न टिभी शोमा अतिथी कलाकारको रुपमा उपस्थित हुने गर्छिन् ।

इमिलिया क्लार्कः

अफस्क्रिनमा इमिलिया क्लार्कलाई पहिचान गर्न पनि मुश्किल नै छ । इमिलिया एचबीओ सिरिज ‘गेम अफ थ्रोन्स’ का कारण अत्यधिक चर्चित भइन् ।

निकी मिनाजः

निकी मिनाजले आफ्नो चर्चित एल्बम ‘पिन्क फ्राइडे’ सन् २०१० मा सार्वजनिक गरेकी छिन् । उनी मेकअपमार्फत स्टाइलिस देखिन्छिन् । मेकअप बिना उनलाई चिन्न मुश्किलै छ ।

एड्रियना लिमाः

एड्रियना लिमा ब्राजिलकी सुपरमोडल हुन् । उनी सन् २००३ देखि मेबलिनकी प्रवक्ता हुन् । उनी आफ्नो स्टाइललाई म्याच गराउन अत्यधिक मेकअपको प्रयोग गर्छिन् । उनले मेकअप नलगाएका बेला १५ वर्षे किशोरी झैं देखिन्छ ।

लेडी गागाः

गायिका लेडी गागा आफ्नो भद्दा पहिरन र मेकअपका लागि चर्चित छिन् । तर मेकअप बिना उनलाई खासै राम्रो देखिँदैन ।

केसाः

गायिका केसाले पनि अत्यधिक मेकअप लगाउने गर्छिन् । उनको मेकअप बिनाको अवतारलाई चिन्न गाह्रै छ ।

मडोना:

चर्चित म्युजिक आर्टिस्ट म्याडोनाले आफ्नो चाउरी हटाउन अत्यधिक मेकअपको प्रयोग गर्छिन् । उनलाई मेकअपबिना चिन्न मुश्किल नै छ ।

ओलिभिया विल्डेः

ओलिभिया विल्डेले सुन्दरतामा निखार ल्याउनका लागि त्यति मेकअप प्रयोग गर्दिनन् । उनी प्राकृतिक रुपमै सुन्दर छिन् । उनको आँखा मेकअप र मेकअप बिना नै सुन्दर देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप