हिमपातका कारण रसुवाको जनजीवन थप कष्टकर
रसुवा । गए रातिदेखिको निरन्तर वर्षासंँगै परेको हिमपातका कारण उत्तरीक्षेत्रको जनजीवन थप कष्टकर भएको छ ।
नागरिक समाजका अनुसार लाङटाङ, चन्दनबारी, ठूलो स्याफ्रु, बृद्धिम, थुमन, खैदी, गतलाङ, पुरानो तातोपानी क्षेत्र, यार्सा, सिङ्बन्दीलगायत गाउँबस्तीमा हिमपात भएकाले उक्त बस्ती आसपास क्षेत्रको जनजीवनसमेत चिसोले थप कष्टकर भएको हो ।
अधिकांशं स्थानीय नागरिकले आगो तापेर र सिरक ओढेर न्यानो पारिरहेको बताइएको छ । उत्तरी भेकमा हिमपात र दक्षिणी भेकमा वर्षा निरन्तरता भएका कारण दक्षिण पश्चिम रसुवाका ठूलोगाउँ र डाँडागाउँसमेतका गाउँबस्तीमा अत्यधिक चिसो बढेको ठूुलोगाउँ पहिरेका चमकबहादुर गुरूङले जानकारी दिए ।
चिसोको असरले शरीरको रक्तसञ्चारमा असर पुग्ने भएकाले न्यानो लुगा लगाउने, मनतातो खाना खाने, पानी तताएर पिउने, खाली खुट्टा नहिँड्ने, कानमा हावा पस्न नदिने, बालबालिकालाई तातो ठाउँमा राखी एक्लै नछाड्ने, हातका आँैलामा पञ्जासमेत लगाई चिसोबाट सुरक्षित रहन सबै जिल्लावासीमा आग्रह गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म