बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट कपडासहित तीनजना  पक्राउ

बिहीबार, २४ माघ २०७५, २० : ०६
बिहीबार, २४ माघ २०७५

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले राजश्व छली गरेर ल्याएको कपडासहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बा १७ च ३३६८ नम्बरको सवारी साधन चेकजाँचका क्रममा कपडासहित भारतका अरविन्दकुमार गुप्ता, सवारी चालक धनबहादुर मगर र सहचालक मिलन राईलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले अवैध रुपमा भन्सार छलेर ल्याएको रु आठ लाख मूल्य बराबरको कपडासहित पक्राउ गरिएको जानकारी दिइन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विचौलिया पक्राउ 

महानगरीय प्रहरी वृत्त सातदोबाटोले यातायात व्यवस्था कार्यालय कुसुन्तिबाट १० जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले कार्यालयमा जाने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो काम गरिदिन्छु भनी प्रलोभन देखाउने भोजपुरका निगम राईसहित १० जनालाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप