शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रोनबाट निगरानी गर्दै ड्रग्स कारोबार !

बिहीबार, २४ माघ २०७५, १५ : २६
बिहीबार, २४ माघ २०७५

काठमाडौं– ड्रोनबाट प्रहरी भए–नभएको निगरानी गरेर ड्रग्स कारोबार गर्ने एकजनालाई प्रहरीले काठमाडौं महानगरपालिका–४ शिवभूमिमार्गबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी–७ धरान स्थायी घर भई काठमाडौंको शिवभुमी कोलोनीमा बस्ने हेम्निश गुरुङ ‘बिटु’ रहेका छन् ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख (डिएसपी) फणिन्द्र प्रसाईंको कमाण्डमा खटिएको प्रहरी टोलीले हेम्निशको कोठा खानतलासी गरेर ३ ग्राम खैरो हिरोईन, ८१ ट्याब्लेट नाईट्रोभ्याट, लागु औषध तौल गर्ने मेशिन र १ थान ड्रोन क्यामेरा बरामद गरेको छ ।

गुरुङले ड्रोन क्यामेरामार्फत सुरक्षाकर्मीको निगरानी गरेर लागु औषध बेचविखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

प्रहरीले गुरुङको कोठबाट अन्य विभिन्न लागु औषध जन्य ट्याब्लेटहरु समेत बरामद गरेको छ ।

गुरुङबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप