३२ लाख कित्ता सेयर थपियो, कसको कति ?
बिहीबार, २४ माघ २०७५, १५ : २०
काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा ३२ लाख १८ हजार १ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ ।
जसमा सीटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने यता नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै हाम्रो विकास बैंकको १ लाख १८ हजार १ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नयाँ नेपालले गत साउनमा हकप्रद बिक्रि गरेको थियो भने सिटि एक्सप्रेसले गत भदौमा हकप्रद बिक्री खुला गरेको थियो ।
हाम्रो विकास बैंकले कात्तिकमा बोनस सेयर पारित गराएको थियो । सोही सेयर अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी