लागू औषधसहित तीन युवक प्रहरी नियन्त्रणमा
सिरहा– सिरहा प्रहरीले दुई दिनमा लागू औषधका तीनजना कारोवारीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नपा १७ पटियर्वाचोकबाट स.९ प ५४३१ नम्वरको मोटरसाइकलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी वेस प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले विभिन्न प्रकारका करिव ६ सय एम्वुल लागूऔषध बरामद गरेको जनाएको छ ।
प्रहरीले जनकनन्दनी गाउँ पालीका २ का १९ वर्षीय बब्लु कुमार यादवको साथबाट फेनारगण १ सय ९९ एम्पुल, डाइजिल्याव १ सय ९९ एम्पुल र नुफिन दुई सय एम्बुल बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले बरामद लागू औषधसहित यादवलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको जनाएको छ ।
त्यसैगरी मंगलबारनै इलाका प्रहरी कार्यालय माडर खिरौनाबाट गरिएको गस्ती टालेलीले सिरहा नपा १५ बाट चेक जाँचको क्रममा उदयपुर कटारी नपा ४ का ४३ वर्षीय बाबा तामाङ्ग र सिरहा नपा १ बस्ने गणेश पासवानलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट १४ थान नाइट्रोशन ट्यावलेट बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप