शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागू औषधसहित तीन युवक प्रहरी नियन्त्रणमा

बुधबार, २३ माघ २०७५, १७ : ५५
बुधबार, २३ माघ २०७५

सिरहा– सिरहा प्रहरीले दुई दिनमा लागू औषधका तीनजना कारोवारीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको गस्ती टोलीले  सिरहा नपा १७ पटियर्वाचोकबाट स.९ प ५४३१ नम्वरको मोटरसाइकलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी वेस प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले विभिन्न प्रकारका करिव ६ सय एम्वुल लागूऔषध बरामद गरेको जनाएको छ ।

प्रहरीले जनकनन्दनी गाउँ पालीका २ का १९ वर्षीय बब्लु कुमार यादवको साथबाट फेनारगण १ सय ९९ एम्पुल, डाइजिल्याव १ सय ९९ एम्पुल र नुफिन दुई सय एम्बुल बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले बरामद लागू औषधसहित यादवलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको जनाएको छ ।

त्यसैगरी मंगलबारनै इलाका प्रहरी कार्यालय माडर खिरौनाबाट गरिएको गस्ती टालेलीले सिरहा नपा १५ बाट चेक जाँचको क्रममा उदयपुर कटारी नपा ४ का ४३ वर्षीय बाबा तामाङ्ग र सिरहा नपा १ बस्ने गणेश पासवानलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट १४ थान नाइट्रोशन ट्यावलेट बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप